एउटा व्यक्तिको २३२ वटा दाँत !

२०७१ श्रावण ८ गते, बिहीबार


काठमाडौं, श्रावण ७ ।सामान्यतः मानिसको मुखमा ३२ वटा दाँत हुने गर्दछ । तर, भारतको मुम्बईमा चिकित्सक त्यतिबेला हैरान भए जतिबेला अपरेशनका क्रममा एक १७ वर्षीय युवकको मुखबाट उनीहरुले २३२ वटा दाँत निकाले ।मुम्बईको जेजे अस्पतालका दन्त विभाग प्रमुख डा. सुनन्दा धिवारेले बीबीसीलाई बताएअनुसार अशिक गवईको दायाँतर्फ दुखाई महशुस भएको थियो । उनलाई गत १८ महिनादेखि नै यो दुखाई थियो । गाउँमा जब डाक्टर रोग पहिचान गर्न सकेनन् तब उनलाई सहर ल्याइयो ।
डाक्टरहरुले युवकको अवस्था ‘निकै दुलर्भ’ र ‘विश्व रेकर्ड’ बताएका छन् । डा. धिवारे भन्छिन्–अशिक ओडोंटोमा नामक रोगसँग जुझिरहेका थिए । जसमा एकै गिँजाले अनेक दाँत बनाउने गर्दछ । यो एकप्रकारको ट्युमरको सुरुवात पनि हो ।
उनले भनिन्–शुरुमा हामीले यसलार्य काटेर बाहिर निकाल्न सकेनौं, त्यसैले निकाल्नका लागिव हामीले छिनो र हथौडा प्रयोग गर्नुपर्ने भयो ।
डा. धिवारे भन्छिन्–जसै हामीले त्यसलाई खोल्यौ एकपछि अर्को ससाना मोतीजस्तो दाँत बाहिर आउन सुरु भयो । सुरुमा हामी त्यो सब जम्मा गरिरहेका थियौ । त्यो साँच्चिकै सानो मोति जस्तो थियो । तर, फेरि हामी थाक्यौ जब हामीले पछि गन्ती गर्दा २३२ वटा रहेछ ।
अशिकको अपरेशन दुई सर्जन र दुई सहायक मिलेर सोमबार गरेका हुन् । अपरेशनपछि अब अशिकको मुखमा २८ वटा दाँत बाँकी छ । उनको अपरेशनका लागि दुई जना डाक्टरलाई करिब सात घण्टा लागेको थियो ।
डा. धिवारे अशिकको मामिला निकै दुर्लभ भएको बताउँछिन् । उनका अनुसार उनले आफ्नो ३० वर्षको करिअरमा यसप्रकारको अवस्था कहिल्यै देखेकी थिइनन् ।
उपलव्ध मेडिकल रेकर्डका अनुसार यसअघि माथिल्लो गिँजाको ट्युमरबाट बढीमा ३७ दाँत निकालिएको थियो । तर, अशिकको मामिलामा ट्युमर तल्लो भागको निकै भित्रसम्म थियो । जसमा १०० वटा दाँत थियो ।
मुम्बईको एक पत्रिकामा अंशिकका पिताले बताएअनुसार उनका छोरालाई विगत एक महिनादेखि भयानक दुखाई थियो । उनले भने–मलाई डर थियो कि कतै क्यान्सरको रुप नलियोस् । त्यसैले मैले छोरालाई मुम्बई लिएर आएँ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु