एउटा युवाको आँखामा भारत, मधेस र राष्ट्रियता –शिव डुम्रे

२०७२ माघ १७ गते, आईतवार

‘भारतले त्यतिबेलासम्म नाकाबन्दी खोल्नेछैन, जतिबेलासम्म उसले भनेजस्तो संविधान संशोधन हुन सक्दैन् ।’ यो नेपाली राजनीतिका मुलधारमा भाषणको खेती गरेर बोली बिकाएर जनता झिकाएर दिन गर्जाे गर्ने नेताहरुको भित्री बोली हो, जो बाहिर आउँदा प्रष्ट बन्नै सक्दैन । प्रष्ट बने भोलीको राजनीतिक भविष्य या त मदन भण्डारीको जस्तो हुन्छ या राजा विरेन्द्रको जस्तो ।
अचेल दिनहुँ ब्रान्डी सञ्चारमाध्यमहरुमा नाकाबन्दी भोली खुल्दै, नाकाबन्दी पूर्ण रुपमा खुल्यो, त्यती ट्याकंर तेल भित्रियो, ग्यासको लाईन नेपालमा जस्ता उपशिर्षकमा बडेबडे चित्रहरुसहित क्याप्सन लेखेर समाचारहरु रोचक बनिरहेका छन्, भारतीय हस्तक्षेपको उपर कोही बोल्न नसक्ने गरी भारतीय चाबी लगाईएको छ, न सञ्चारमाध्यमले जे हो त्यही प्रतिलिपी उर्ताछन्, न यहाँका राजनीतिक भविष्य खोज्ने प्रजातान्त्रीक नेताले न त भारतीय विस्तारबादका चर्का नारा उरालेर, हप्तौसम्म भारतीय विरुद्ध राष्ट्रिय अभियान चलाउने ढोंग गर्ने कथित क्रान्तिकारीहरुले नै ।
यहाँ पिल्सीएका जनतालाई यसरी भुटिईरहेको छ कि त्यो भुटाई त्यतिबेलासम्म चल्छ जतिबेलासम्म कालो अगांर बनिसकेको हुनेछ । आज कोहिलाई मन लागेको छ कि आन्दोलन गरिरहँन उनीहरुले आफ्नो अधिकारको लागी आन्दोलनका कार्यक्रम चर्काेसँग घोषणा गरिरहेछन्, कोहीलाई मन लागेको छ भारतीय नाकाबन्दी विरुद्ध चर्काेसँग बोलिरहँन र त्यतै झुकिरहँन, कोहीलाई मन लागेको फेरी पनि युद्धको सुरुङ्ग खन्न, कोहीलाई मन लागिरहेको छ देशबाट भागेर अन्त कतै कुनामा गएर थन्को फेर्न, कोहीलाई पशुपतिमा डामिन मन लागेको छ कोहीलाई सेतीमा हेलिन मन लागेको छ जसलाई जे मन लागेको छ त्यति गर्न पाईने स्वतन्त्रता दिएको त छ मेरो देशले तर हामी (म) जस्ता नागरिकहरु, म र महरु, मेरो पुस्ताहरु जसले देशको बारेमा केही नगरेपनि केही त सोचेर बसेको छ उसले के गर्ने माथिका विकल्प रोज्ने कि फेरी पनि उहि तितो राजनीतिको नाक खुम्चाएर स्वाद लिईरहने हो ।
भारतले नाकाबन्दी खोल्दैन । अहँ यो ठोकुवा होईन तथ्यगत रुपमा भारतले नाकाबन्दी खोल्दैन, न हिजो भारतले नाका सहज सँग दिएको थियो, न आज दिनेछ, कहिले पो भारतले नाका राम्रोसँग खोलिदिएको थियो र आज विरोध गर्ने । परीक्षा दिने मान्छे सँग न विकल्प हुन्छ पास हुने या फेल हुने परीक्षा नै हापेको परीक्षार्थीलाई के को मतलब पास र फेलको त्यस्तै हो भारत र नेपालबीचको सम्बन्ध । उसले नाका त्यो बेलामा मात्र सहज ग¥यो जतिबेला उसले भनेजस्तै गरी नेपाल हिडिरहेको थियो, उसले जे भन्थ्यो त्यो मात्रै यो देशमा लागु हुन्थ्यो त्यतिबेलासम्म मात्रै नाका खोल्यो भारतले । जहिले उसले भनेको टेरेन नेपालले उसले तह लगाउन कहिले ‘र’ (रिसर्च एण्ड एनालाईसिस विङ्ग) अनि कहिले आई वि हरुलाई नेपाल पठायो अनी पनि टेरेन भने नाकाबन्दी ग¥यो? । हो, नेपालले ०१९ सालको राजनीतिक परिवर्तनमा भारतलाई सोधेको थिएन अनि नाकाबन्दी खेप्यो नेपालले, ०४५ सालको सहमति नेपाली भूमिमा भयो र राष्ट्रियताको विषयमा नेपालले चासो लिने भयो भनेकै कारणले भारतले नाकाबन्दी ग¥यो । अघोषित र नदेखिएका नाकाबन्दी त नेपालमा सयौं होईन हजारौं पटक भएका छन्, हुने छन् र भईरहनेछन् जतिबेलासम्म नेपाल , एउटा नेपाल रहिरहन्छ जतिबेलासम्म नेपाल अर्धभारत हुदैन त्यतिबेलासम्म नाकाबन्दी निरन्तर चलिरहन्छ र त्यसलाई त्यतिबेलासम्म सघाउँनेछन् यो देशका राजेन्द्र महतोहरुले जतिबेलासम्म महतोकी बुहारीलाई सुनदेखी उनले चपाउने विरेनुन सम्म भारतीय महावाणिज्य दुताबासले विमास्वरुप राष्ट्रियताको किस्ताबन्दीमा पठाईरहनेछ । बोल्नेहरु चुप बसेपछि, नबोल्नेहरु बौल्नै पर्दाेरहेछ । सायद चुपचाप बसेको देख्दा डाहा लागेर आयो र बोल्नेहरु चुप बसिदिए उ पनि बोलोस् भनेर, उसको शक्ति पनि खपत होओस् भनेर । कठै भन्न नपरोस् भनेर, अनि उफ्रिरहेका छन् उनीहरु आज चिच्याईरहेका छन् उनीहरु एकाएक खोसिएको गासजस्तै बनेका उनीहरुको उदेकलाग्दो दिन देख्दा अचम्मीत हुन जुनसुकै नागरिक बाध्य भईदिन्छ यहाँ । कुरा यत्तिमात्रै छैन, छोरो मर्दा कात्रो किन्न ऋण खोज्नुपर्ने बाबुआमाको व्यथाको मलम मेरो देशले सहिद घोषणा गरेर चुकाईदिईरहेछ ।
नेपाल भारत सम्बन्धलाई मिसन बनाएर २०२५ असार ६ गते ईन्दिरा गान्धी प्रधानमन्त्री हुँदा आन्तरिक मामिलाबाहेक बाह्य हस्तक्षेपको निति लिएर ‘र’को स्थापना गराएदेखी नै नेपालमा भूमिगत सक्रिय बन्दै आएको भारतीय गुप्तचर संस्था ‘र’ले त्यतिबेला सफलता पायो जतिबेला २०२६ साल चैतमा पाकिस्थान र बंगलादेशलाई टुक्राएर २०३२ सालमा सिक्किमलाई भारतमा गाम्ने कर्थट अपरेशनलाई सफलतापूवर्क सम्पन्न ग¥यो । स्थापना कालको १० वर्ष नवित्दै सिक्किम, गोहा, फिजी जस्ता देशलाई भारत बनाउन सफल रअले २० बर्षभित्रैमा नेपाललाई पनि भारत बनाउन चहान्थ्यो । त्यही फलस्वरुप नेपालमा औपचारिक रुपमा २०५९ सालमा ‘रअ’ले प्रवेश ग¥यो त्यती प्रवेशद्धारमा पुगेर भुत्तेकुकरको पगरी गुथ्न पुगेका केही नेताहरुलाई उतिबेलै किनिसक्यो र आजपनि गुलाम बनाईरहेको छ । रअले आफ्नो सक्रियतासँगै नेपालमा पहिले मधेसी र नेपालीबीच एउटा सिक्का फाल्यो र नेपाली कांग्रेस, एमाले र माओवादीमा सक्रिय मेधसी नेताहरु खुरुक्क मधेसभन्दै टुक्रिन थाले त्यो गर्न २०६३ सालमा उ सफल भयो त्यतिबेलादेखी मधेसी नेतालाई छात्रबृत्ती दिने निहुँमा उचाल्यो र आन्दोलनको सिर्जित ग¥यो । भारतले मधेसी आन्दोलन जन्माउनु मात्रै थिएन त्यसलाई जोगायो, पैसा लगानी गरेर, फुलायो नेतालाई भारतीय नागरिकता दिएर र हुर्कायो अनि बढाएर यतिसम्म गरायो कि अब मधेसीले आत्मदाह गर्न भारतीय कुवाँमा हाम फालोस् र भनोस ‘मलाई मेरो देशले हाईसन्चले मर्न पनि दिएन ।’
जब २०६० सालमा भारतले महावाणिज्य दुतावासको नाम दिएर विराटनगरमा सञ्जाल विस्तार ग¥यो त्यसपछि तराईलाई आफ्नो बनाउने ध्याउन्नमा १० बर्ष भारतीय एजेन्ट लडे नेपाली राष्ट्रियतासँग । (सुधिर शर्मा ः प्रयोगशाला पृष्ठ १५३), हो भारतले यति सजिलै कसैलाई केही पनि दिएको छैन । उसले पूर्व पश्चिम राजमार्ग दियो जसमा महाकाली र कोशीहरु हामीले सुम्पेका हौं । त्यसै भनेका होईनन् पूर्वजले ‘हामी खुट्टा दिएर बैशाखीको भरमा हिड्ने मानिस हौ भनेर ।’ उसले त्यहाँ हजार किमि लामो राजमार्ग होईन आफ्नो देश खेल्न सक्ने सिमाङ्कन छुट्याएको थियो । आज पनि भारतले पूर्वपश्चिम (महेन्द्र) राजमार्गभन्दा तलपट्टी हुने जुनसुकै गतिविधीलाई यसरी नियाल्छ मानौ कि राजमार्गबाट दक्षिण झरेपछि उसको देश सुरु भईसक्यो ।
नाकाबन्दी सिर्जित समस्या होईन, न त समाधान हुने सजिलो समस्या नै हो । यो समस्या नै होईन यो त कृतिम अभावको नाममा थापिएको एउटा यस्तो पासो हो जसलाई फुकाउन पनि गारो छ र कस्न पनि गारो छ । नेपालमा जब जब संकट आईपर्छ, तब तब भारत त्यो संकट आफैले मोचन गराउन पाउँ भन्ने ठान्छ जुन विगत लामो समयदेखी नै गर्दै आएको थियो । भारतले केही दिन पर्ख र मधेसलाई समेटेर जाउँ भनेर संविधान बनाउन भनेको होईन भारतले त संविधानको ड्राफ्ट यहाँ पठाईदेऊ भन्यो, भारतले त मधेसलाई एउटा राज्य घोषणा गरिदेऊ भन्यो अनी केही आनेमानेहरुले टेरेनन् अनी भारतले देखायो, जोसँग जे सामथ्र्य छ त्यहि नै गरिदिने हो, बादँरले रिसायो भने अग्लो रुखमा गएर बेस्मारी हल्लाउँछ, कुकरलाई रिस उठ्यो भने जोडजोडले भुक्छ र खुट्टा उचालेर पिसाब गरिदिन्छ, भैसीलाई निउँ चाहियो भने लातीले बाल्टी छ कोष पर फालिदिन्छ र दुध चुहाउँदैन त्यस्तै हो जसले जे सक्यो त्यही गर्छ भारतले सक्थ्यो नैे नाकाबन्दी गर्न त्यही गरिदियो दुध चुहाउँन भैसीले मान्थेन, ईन्धन चुहाउँन भारतले दिएन ।
र, भारतसँग अर्काे स्वार्थ के पनि छ भने नेपाललाई उ सधैं यस्तै यस्तै झमेलामा फसाउँन चहान्छ, कहिले माओवादी जनयुद्ध गरेर १० बर्ष नेपाली जनतलाई उसैले फसायो, राजा विरेन्द्रको हत्या गरेर बर्षाैसम्म शोकमग्न उसैले गरायो, जनआन्दोलन उसकै योजना थियो, मधेस आन्दोलन उसकै संरक्षणमा सञ्चालन भयो, यस्तै राष्ट्रिय आन्तरिक किचलो झिकेर उसले सधै नेपालाई अल्झाउँन चहान्छ जसले गर्दा नेपाली नेतालाई आफ्नो राष्ट्रियताको चिन्ता नहोस्, जसले गर्दा नेपाली जनतालाई आफ्नो स्वाधिनता र स्वाभिमानको बारेमा सोच्ने फुुर्सदै नहोस् जसले गर्दा यहाँका देशभक्त, क्रान्तिकारी, बामपन्थी, राष्ट्रवादी शक्तिहरुले न कहिल्यै मिचिएको सुस्ताको आवाज उठाउन पाउँन न कहिल्यै लिपुलेक हाम्रो हो भन्न भ्याउन न कहिल्यै दशगजामा पुगेर सिमाङ्कन सिंहाबलोकन गर्न सकुन न त कहिल्यै ग्रेटर नेपाल र सिक्किम देखी टिस्टा र दार्जलिङ्गका कुरा गर्न सकुन । भारतले यसरी नै सधै नेपाललाई आन्तरिक मामिलामै व्यस्त बनाउन चहान्छ फलस्वरुप आजसम्म यो मामिलामा समेत आजसम्म उसको नजरमा आफूलाई सफल भएकै तर्क गर्न ठिक ठानिरहेछ ।
साञ्चि हो यो देशमा संसदिय राजनीति गर्ने दलहरुलाई संसदमा कसरी पक्कड जमाउने भन्ने खेलमा व्यस्त छन्, कांग्रेस, एमाले, एमाओवादी कति दिन कसको सरकार भन्ने जोडघटाउँमा कसको मन्त्री कसको राष्ट्रपति भन्ने दिशामा अलपत्र सँग हड्कारिएका छन् । बुद्धिजिविहरु रेड लेभलका ब्राण्डी रक्सीसँगै कुखुराको साप्रोको चुस्कीमा व्यस्त छन् । हिमालीहरु यार्सा खोजेर जिबन कटाईरहेछन्, पहाडीहरु बारी खोस्रेर बसिरहेछन्, तराईबासीहरु आपूmलाई स्वाधिनताको नाममा भारतीय नकाब ओडेको केही नेताले प्रयोग गरेको कसरी बुझुन बिचरा, उनले सयौं सहिद बनाएर त्यही रगतको होली खेलेका महतोहरुलाई भारतीय दुतावासले पठाएको पैसाको बिटो कुन चाहीँ मधेसीले देखोस् र । युवाहरु यो देशको समस्या देख्दा भौतारिएर कुन दिन अर्काे देशको माटोमा विलिन हुन पाउँने तखरमा छन्, शिक्षकहरु पदीय मर्यादाविपरित नेतालाई भजाउँदै, जिब्रो बजाउँदै छन्, विद्यार्थीहरु अश्लिलतामा घेरिएका छन्, महिलाहरु दिनानुदिन बसपार्कका गल्लीहरुमा छिल्लिएका छन्, अनी म र महरु यही देशको कुनै कुनाँमा आफ्नो सुनौलो भविष्यको स्वैरकल्पना गर्दै मुस्कुराईरहेका छौं, उधारो मुस्कान ।
खोई कहाँ छ यहाँ नागरिक, बडो भद्र कार्यक्रमको आयोजना गर्ने महान् नागरिक समाजका अगुवाहरुलाई अन्यथा नपरोस् यो देशमा महरु छैनन्, नागरिक हरु छैनन्, नागरिक बन्नै दिएको छैनन यहाँका शासकहरुले कोहीलाई जन्मदै मधेसी बनाईदिन्छन् र जीवनभरी पहाडियालाई गाली गर्न र ५० लाखमा आन्दोलनमा रगत किनिदिएको छ, कोहीलाई बाहुनवादी बनाईएको छ, कोहीलाई जनजातीको नाममा बाहुनलाई सत्तोसराप गर्न पठाईएको छ, कोहीलाई गोली र बारुदसँग, कोहीलाई बालुवा र खोली बगरसँग, कोहीलाई पानी र हिलोसँग, कोहीलाई मधेस र पहाडसँग, कोहीलाई नेपाल र भारतसँग, कोहीलाई विदेश र रेमिट्यान्सँग सबैलाई कहि न कहि सांक्षेप बनाइएको छ कोही नागरिक छैनन् जो यहाँ आफुखुसी भन्न पाओस् कि म यो देशमा केही गर्न चहान्छु ।
मधेस समस्या होईन मधेस पहिचान र नेपालको अमुल्य सम्पत्ति हो फेरी पहाड र हिमाल पनि सम्पत्ति नै हुन् तर मधेसी अलग पहिचानको लागी किन लड्नुप¥यो नकी पहाड र हिमालले पनि मधेसबीना नेपालसम्भव छैनन भनेर मानिरहेछन । मधेस आन्तरिक मामिला हो, मधेस मामिलालाई मिलाएर बस्न सकिएन भने हामी हाम्रो राष्ट्रियताको बारेमा सोच्नै सक्दैनौं । जब भारतले हामीलाई उठ भने उठाउँछ र बस भने बसाउँछ भने हामी आफू आफै र आफ्नै हुनमा के गर्व गर्नु नेपाली हुँ भन्नलाई अन्कनाउनै पर्छ । यदि सधै भारतकै रिमोर्टमा चलियो भने नेपाली राष्ट्रियता बुझेर बलभद्रका पुस्ताहरु सकिए, अमरसिहंका पुस्ताहरु सकिए, अब हाम्रा पुस्ता स्वाधिनता नबुझेरै सकिने डर छ यसबाट नेपाली बाच्नै पर्छ । यहाँ मधेस मधेस भनिरहेछौं, नेपाल नै संकटमा परिसक्यो, हामी जनजाती जनजाती भन्दै चिच्याउँदा नेपाली जाती नै लोप भैसक्यो, हामी कञ्चनपुर देखी झापा सम्म माग्दै गर्दा मेची देखी कालीसम्म अलप गरिरहेको चित्कार सुनेका छैनौं ? हामी रातदिन आफ्नो स्वाभिमानको प्रश्न उठाएर बोल्दै गर्दा राष्ट्रको स्वाभिमानले हामीलाई सोधेको प्रश्नको उत्तर दिन सक्छौं कि सक्दैनौं । हा मी पानि खाने मुलको कुरा गरेर किन थाकिरहेछौं यहाँ देशको सेती र गण्डकीहरुबाट जलयुद्धको घोषणा भैसक्यो । त्यसैले ए नेपाली पुस्ताहरु हो, ए मधेसी युवाहरु हो, ए नेपाली दाजुभाईहरु हो, अब बोल्नुपर्ने बेला भएको छ आफ्नो अस्तित्वभन्दा माथि उठेर देशको रक्षाको लागी ।
लेखकः क्रान्तिकारी पत्रकार संगठन नवलपरासीका अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु