एउटा मुसा मार्दा ३० रुपैयाँ पुरस्कार

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । पाकिस्तानको पेशावर सहरमा मुसाले आतंक मच्चाएको छ । आतंकवादीहरुको गतिविधिबाट त्रस्त पेशावरमा मुसाको आतंक मच्चिएपछि सर्वसाधारणमा थप त्रास फैलिएको छ । गत शनिबारमात्र पेशावरको लेडी रिडिङ्ग अस्पतालमा २२ घाइतेलाई भर्ना गरिएको छ । ती सबैलाई मुसाले टोकेको हो । अघिल्लो महिना मुसाले टोकेर ३७४ जना घाइते भएको अधिकारीहरुको भनाई छ । मुसाले टोक्ने घटनामा तीब्र बृद्धि भएपछि स्थानीय प्रशासन मुसा नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन व्यस्त छ ।
यसैक्रममा एउटा मुसा मारेबापत ३० रुपैयाँ पुरस्कारको घोषणासमेत गरिएको छ । चिकित्सकहरुका अनुसार मुसाले गर्धनभन्दा माथि टोकेको अवस्थामा केही दिनको अन्तरालमा चारवटा इन्जेक्सन दिनुपर्ने हुन्छ । गर्धनभन्दा मुनि टोकेको अवस्थामा भने एउटा इन्जेक्सनमात्र दिए पुग्ने उनीहरुको भनाई छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु