एउटा बेचैन यात्रा डोल्पाको- भौतिक मल्ल जंगली

२०७२ श्रावण १२ गते, मंगलवार

सिजन जिबन बुटीको हो । मान्छेहरु जिबनको लागी बुटी खोज्ना हिडिरहेछन हिमाल तिर सपनाहरुको खेति गरेर नथाक्ने यो दुनियाँमा थुप्रै सपनाहरु को कुम्ला कथ्रका बोकी बालक देखी बृद्ध र युवाहरुको ताँती लागीरहेको छ । भेरीको तिरै तिर माथी टुप्पी खस्ने पहाड तल निसासलिो नदी अंह ! कल्पना गर्नै सकिन्न त्यो दुनियाको यहाँ राज्य छ देश छ सरकार छ सबै कुरा भ्रम लागीरहेका छन । पैसाको लागी मान्छे कति सम्मा कष्ट उठाँउदो रहेछ यो एउटा जिवन्त उदारण हो ।यार्सागुम्बा सिजन हिमाली जिल्ला र डोल्पालीहरुको लागी त झन सिजने खेति हो । त्यती मात्र कहाँ हो र जाजरकोट रुकुम रोल्पा देखी मध्यपश्चीमका थुप्रै जिल्लाहरुको अषारे रोपाई हो । यस्तै लाग्दैछ । अं ं! सर उ त्यो चिप्लेकको भिरबाट लोटेर भर्खरै एउटी रोल्पाली महिलाको मृत्यु भयो । एकजन बटुवा सुनाँउदै थिए । म चुपचाप र शब्द बिहिन बनिरहेको थिए । ओहो ! दुखको कुरा भन्नु बाहेक अरु उपचारै थिएन मसंंंंग प्रत्यक सिजन मान्छे नमरेको सिजनै हुदैन उनि थप्दै थिए । तल गोही जस्तो भेरी बगीरहेको थियो ।माथी आहारा जस्तै लाग्ने मान्छेहरु को ताँती गनिनसक्नू थियो । मलाई पटक्कै बोल्न मन थिएन ।एकातिर थकान अर्कोतिर प्यासले लखतरण परीरहेको थिएँ ।हिडने मान्छेहरुको लस्कर र खच्चडले बाटो काटनै मुश्कील बनिरहेको थियो । हावा हुरी र धुलो ले पनि हिडना मुश्कील बनाईरहेको थियो हुनत यात्रामा कतै जुनकिरी बन्नु छ ।त कतै झुशिल किराबाट पुतली बन्नु छ ।जुनको रंगसंग जिबनका रंग दाज्नू छ ।सुर्यको तापसंग मनको ताप दाज्नु छ ।र पाँउनु छ मनको सौन्दर्य मेरो जिवन चक्रको अर्को आयम मैले पाएको यात्राको मिठो उपाधी सायद यही होला ।थुप्रै मान्छेहरुको लावालस्करमा एउटा ख्याउटे पातलो केटो कालो झोला बोकी एउटा बेचैन यात्रा हिडीरहेको छ । लाग्दछ जुन छुने यात्रामा लम्कीरहेएको छ । आँखा चिप्लीएर औँसीको रातमा चाँदनी रातको अनुभुति गरेजस्तै भएको छ उसको जिवनचक्र कहिले उकाँली कहिले ओराली र देउराली संगै लम्करिहेको छ ऊ जिन्दगीको रित्तोे झोला बोकी हिमालको यात्रामा निल आर्मस्टङ्गको जुन संग जुधिरहेको छ । उसको जिवनचक्रले यहि बताँउछ । बस ! आज आफनै लागी आफनै मन लुकाईदिएको छु यात्रासंग केही गुनाँसाहरु छन र मलाई यस्तो लाग्दैछ मैले जति यत्राको स्पर्श जिवनमा थोरैले गरेहोलान र अंह पत्याउन मुश्कील बनीरहेको छ । आज किन किन शब्दहरु कमजोर बनिरहेका छन ।हुनत मृत्यु ओछाएर गरीने जिबनका हरेककामहरु अपराजयी हुन्छन । त्यसैले त थेन्क यु मिस्टर ग्लाडमा भनिएको होला जुन दुखको अनुभुति गरीन्न त्यो दुख दुखनै हैन ।पिठीयूँमा ढाड मच्कीने भारी हिऊ जस्तै सेताम्य फुलेका जुंगादारी साठी नाघेका उमेर हरु पुर्णिमा जस्तै र्छलङ्ग देखिएका पिडाका र्धसाहरु कस्तो बाध्यता र बिवशता होला यो जिन्दगीको लाईन अगाडी एकपछि अर्को गतिमा बडिरहेको छ । तर मन पटक्कै बडन सकेको छैन ।रुपीयाँ र जिन्दगीमा अनुभुतिका तिखा काँडाहरु उर्मादै भयंकर डरलाग्दो यात्रा गरीरहेका देखिन्छन मान्छेहरु यो मेरो नागरीकता प्राप्त देश भित्र मैले खाडीको स्पर्श गरेको छु ।सायद खाडी भन्दा बिशाल दुख पिडा र बिभेदका र्पखालहरु मेरो देशमा छैनन कसरी भनौँ । पहीलो र दोस्रो रात क्रमश आदरणीय उडुसहरुसंगै रिम्न राडी र तल्लु जाजरकोट उस्तै उस्तै ढंगले बिताईयो तर रिम्न देखी राडी र राडी देखी तल्लु चल्ने मिनी जिप हरुले गरेको ज्यादती हेर्दा यस्तो लाग्थ्यो यो देशमा कानुन नै छैन यो कानुन हिनहरुको देश हो यहाँ दण्डहिनता नै सबभन्दा ठुलो न्याए हो । तेस्रो रात त्रिवेणी त्यस्ता आदारणीयहरु पाइएनन । त्रिवेणी पुग्दा ईच्छा आकांक्षा र अपेक्षाका का छालहरु केही हद उक्लीसकेका थिए । अब डोल्पा पुगीयो भन्ने कुराको आकलन सजिलै गर्न सकिन्थ्यो तर अझै एक दिन पुरै हिडनु परथ्यो । उही भेरीको छाल छालै घामको उज्यालो धर्तिमा खस्न नपाँउदै हिडियो त्रिवेणी बाट खदाङ्ग चियाचौतारी गरीयो र झोली झाम्टी चेक गराईयो र श्रीबिण्डे खाना खाएर त्रिपुराकोट कालागौँडा हुदै साँझको आठ बजे पुगियो दुनै बजार “कसैले गारछालो भन्छन कसैले बगर ,मेरै बारी फुल फुल्दैन मै मान्छु रहर” ।भने जस्तै मनोदशाबाट गुज्रीरहेको जस्तो लाग्ने दुनै बजार कतै अशान्त कतै अचैन कतै बेचैन अबस्थामा भेरी नदी र सुलीगाड जस्तै बगीरहेको थियो।दुर्गमताले त्यहाँका नेताहरुसंग कर्पदी खेलीरहेको देखिन्थ्यो ।कल्पनाको दुनै बजार र वास्तबिक दुनै बजार फरक लाग्दै थियो ।पर्वतेली बाल्कृष्णा अंकलको होटलको बास अबिस्मरणीय रहयो । पर्बत बाट पैँतीस बर्ष अगाडी आएका बुढाले डोल्पालाई कर्म भुमी बनाँउदै गजब कमाई काज गरेका रहेछन ।मलाई दुनैसंग साउती गर्नु थियो । एकातिर संगठनको काम र अर्कोतिर यार्सागुम्बासंग चिनजान एक काम दुई पन्थ लिएर गएको थिए । थुप्रै डोल्पाली साथीहरुसंगको भेटघाटले मनलाई उत्साहीत बनाएको थियो ।भेट साहित्यक भेटमा परिणत भएको थियो ।हरेक साँझहरु गजलीय साँझहरुमा परीणत भएका थिए । हरेक दिनहरु कबितामय बन्दै थिए त्यस्ले साथीहरुसंग थप सामिप्यता र आत्मीएता बडाईरहेको थियो । महशुस एक्लो कहिल्यै भएना । डोल्पा साहित्यक मन्चले आयोजन गरेको पहिलो खुल्ला गजल बाचन कार्यक्रममा बिशेष अतिथीको रुपमा निमण्त्रण गरीएको थियो ।एउटा सौभाग्य र चुनौति उभिएको थियो मेरो लागी तर मैले ठुलै अबसर का रुपमा लिएँ ।जब कार्यक्रम शुरु भयो छायामुनि रहेका डोल्पाली श्रष्टाहरु हिमाली हिम चितुवा जस्तै गर्जीन थाले चटयाङ जस्तै पटकिन थाले कार्यक्रम यस्तो लाग्दै थियो बर्तमान राजनिति र सरकारको बिदेशी रबैया भुकुम्पीय राहतमा भएको भ्रष्टचार र कालो बजारी बिरुद्ध गरेको एक शसक्त आन्दोलन हो । कार्यक्रम बजारको मुख्य चोक अर्थात खुलाठाँउमा भएको कारण दर्शकहरुको उपस्थीती कुनै आमसभा भन्दा कमी थिएन ।थुप्रै घुष खोरी र भ्रष्टचारले आक्रन्त बनेका मुख भएर पनि निमुखा डोल्पालीहरुलाई गणतन्त्रले पनि गिज्याईरहेको लाग्थ्यो ।लोकतन्त्र र गणतन्त्रको धज्जी उडाईरहेका भ्रष्टचारीहरुनै नेता हुनाले अठारौँ शताब्दीको अनुभुति गर्न सकिनथ्यो ।कार्यक्रम बिशुद्ध गजलीय भनेपनि आम बनेको थियो ।पिडा पोख्ने शसक्त माध्याम बनेको आभाष भईरहेको थियो ।करीब एक हप्ताको गृहकार्य पछि क्रान्तिकारी पत्रकार संगठन नेपाल डोल्पा गठन गरीयो र आफु जानुको एउटा उद्देश्य पुरा गरीयो । तर पाटन उक्लने समय नभएका कारण दनैबाट यार्सासंग टाढैबाट मितेरी गाँस्दै अनौपचारीक चिनजान गर्दै बिदा भइयो ।त्रिपुरा,शे–फोकसुन्डो,धो,तराफ,तिन्जे,सुलीगाडझरणा,स्यालदाङ जस्ता रमणिय पर्यटकीय स्थानहरलाई मुटुमा सजाँउदै जिबनको लागी अर्को जिबन बुटी मुलक सन्देश बोकी जुफाल एरर्पाेट पुगियो जब जुफाल एरर्पोट पुगियो अनुभुतिको आगोले मनलाई झन खरानी बनादियो । प्लेन टिकट पाउन एक हप्ता कुर्नु पर्ने अगाडी पाउन कि चिनजान कि आफन्त कि कुनै पावरफुल ब्यक्तीत्व हुनुपर्ने रे मनले नचाँहादा नचाहदै कुनैपनि प्रकारको शिस्टम र सभ्यता नभएको जस्तो अनौठो खालको संस्कार भएको अलि अप्ठेरो खालको अनुभुति भयो आफै कस्तुरी भएर आफनै बिना नचिन्ने चेतनाप्रतिहृदय देखी दया जागेर आयो । करिब एक हप्ताको कुराईपछि टावरका हाकीमले उडने अबसर जुराई दिए ।हुदय देखिनै कृतज्ञता प्रकट गर्दै पन्क्षी जस्तै ३५ मिनेटमा पुगियो नेपालगन्ज को तातो हावामा हररर एउटा बेचैन यात्रा पार गरेर ।

प्रतिक्रियाहरु