एआईजी थापा महानिरीक्षक बन्ने प्रवल सम्भावना

२०७७ असार २३ गते, मंगलवार

काठमाडौं, २३ असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अवकाश पाउँदैछन् । उनि ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अनिवार्य अवकाश हुन लागेका हुन् । ज्ञवाली अवकाश हुने भएपछी नयाँ महानिरीक्षक को होला भन्ने चर्चा व्यापक भै रहेको छ । हाल एआईजी रहेका शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये कुनै एकलाइ महानिरीक्षक बनाउने तयारी रहेकाे स्राेतकाे भनाइ छ । स्राेतका अनुसार एआईजी हरिबहादुर पाल भन्दा शैलेश थापा क्षेत्री महानिरीक्षकमा बढुवा हुने प्रवल सम्भावना रहेको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आईजीपी ज्ञवालीको बिदाइ कार्यक्रम राखिएको समेत जनाइएकाे छ । आईजीपी ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक(डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेकाे जनाइएकाे छ ।
यसैबीच , आज अपारान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बाेलाइएकाे छ । बुधबारबाट रिक्त हुन लागेकाे नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) मा नयाँ नियुक्तिका विषयमा निर्णय लिन बैठक बस्न लागेकाे हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु