एअरकन्डिसनर जडित शहर

२०७१ असार २९ गते, आईतवार


काठमाडौ ।दुबईमा ‘एअर कन्डिसनर’ले तापक्रम सन्तुलित राख्ने शहर निर्माण हुने भएको छ ।
यो शहर ४८ लाख वर्गफीट क्षेत्रफलमा फैलिने छ । जहाँ पार्क, होटेल, हेल्थ रीसोर्ट, थिएटर्स जस्ता सबै प्रकारका सुविधा रहनेछन् । यो संसारको सबैभन्दा ठुलो ‘मल’ हुनेछ ।
दुबई संसारमा ‘इनडोर सपिङ्ग कम्प्लेक्स’का लागि प्रसिद्ध रहेको छ । ‘मल अफ दि वल्र्ड’ को रुपमा नयाँ बन्ने कम्प्लेक्सलाई भव्य बनाइने निर्माणकर्ता शेख मोहम्मद बीन रसिद अल–मखतुमले जनाएका छन् ।
सिसाले बारेर बनाइने सो कम्प्लेक्सलाई जाडो याममा खोलिने छ र गर्मी याममा एसीले तापक्रम मिलाइने निर्माणकर्ताले बताएका छन् । ७ किलोमिटर लामो बाटो पनि रहनेछ ।
निर्माणकर्ताका अनुसार यो मौसमी पर्यटकलाई मात्र नभएर वर्षैभरी आकर्षणको केन्द्रविन्दु बन्नेछ । संसारभरका १८ करोड पर्यटक दुबईमा आउने पनि उनीहरुको अनुमान रहेको छ ।

प्रतिक्रियाहरु