ऋणपत्रमा २.६५ प्रतिशत व्याज पाईने

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीवार जारी गरेको ‘विकास ऋणपत्र २०८७’ को व्याजदर २ दशमलव ६५ प्रतिशत कायम भएको छ । ५ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएकोमा ३८ अर्ब ४२ करोड रुपैयाँको माग परेको थियो । बैङ्किङ प्रणालीमा अहिले करीब रू. १ खर्ब २ अर्ब अधिक तरलता रहेपछि बढि आवेदन परेको हो । १५ बर्षे परिपक्व अवधि रहेको ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियामा परेका व्याजदरको ‘कट अफ रेट’ बाट निर्धारण गरिएको छ । ऋणपत्रको बाँडफाँट असार १८ गते हुदैछ । ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्था लगायत व्यक्तिगत लगानीकर्ताले पनि आवेदन दिन सक्ने व्यवस्था थियो । बैङक तथा वित्तीय संस्थाले प्रतिस्पर्धीको रुपमा निष्काशित ऋणपत्रको करीब ८० प्रतिशत रकम (४ अर्ब) मा र अप्रतिस्पर्धीले २० प्रतिशत रकम (१ अर्ब) को लागि भाग लिएका थिए । यस ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने आर्जन हुने व्याजमा व्याजकर लाग्ने छ । ऋणपत्रको खरीद न्यूनत्तम ५० हजार रुपैयाँ वा ५० हजारको दरले भाग जाने रकम बराबर अधिकत्तम आवेदन दिन सकिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु