उमालिएको अण्डाबाट चल्ला !

२०७१ माघ १४ गते, बुधबार

काठमाडौँ । उमालिसकेको अण्डालाई पुनः पूर्व अवस्थामा (काँचो) पुराउने काममा वैज्ञानिकहरुले सफलता पाएका छन् ।यो प्रक्रिया क्यान्सरको उपचार, जैभ प्रविधि वा व्यापक मात्रामा खाद्य उत्पादन बढाउन सहयोगी हुने अपेक्षा गरिएको छ । अमेरिका र अस्ट्रेलिया सरकारको लगानीमा भएको अध्ययनका मुख्य लेखक ग्रेगरी भीसले द इन्डिपेन्डेन्टसँगको कुराकानीमा भनेका छन्–,हो,हामीले कुखुराको उमालिसकेको अण्डालाई पूर्व अवस्थामा ल्याउने तरिका पत्ता लगाएका छौ ।उमालिएको अण्डाको सेतो भागमा प्रोटिन हुने गर्दछ । जसका बारेमा अहिलेसम्म यही मान्यता थियो कि त्यसलाई पूर्व स्थितिमा ल्याउन सकिँदैछ ।खबरअनुसार वैज्ञानिकहरुले अण्डालाई पूर्व स्थितिमा ल्याउने र प्रोटिनलाई अलगअलग गर्ने तरिका पत्ता लगाएका हुन्। उमालिएको अण्डालाई फुटाउनकालागि युरियाको प्रयोग गरिएको थियो। त्यसपछि अण्डामा एउटा उच्च क्षमतायुक्त मेसिन ‘भोर्टेक्स फ्लुड’ उपकरणको प्रयोग गरियो।त्यसपछि प्रोटिन आफ्नो पूर्व अवस्थामा आएको वैज्ञानिकहरुले बताएका छन् । यो प्रक्रियाबाट प्राप्त प्रोटिनको प्रयोगबाट विभिन्न वैज्ञानिक एवं निर्माणप्रक्रिायमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताइएको छ । सबैभन्दा महत्वपूर्ण यो प्रक्रियाबाट प्राप्त प्रोटिनबाट क्यान्सरजस्ता गम्भीर रोगका लागि एन्टीबडी निर्माण गर्न सकिनेछ ।जुन निकै सस्तो हुनेछ । यो अध्ययन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ जनरल मेडिकल साइन्सेज तथा अमेरिकाको रिसर्च काउन्सिलले गरेको हो।यो अध्ययन केमबायोकेम पत्रिकामा प्रकाशित छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु