उपत्यका भित्रिने नाकामा थप कडाइ

२०७७ बैशाख २२ गते, सोमबार

काठमाडौं, २२ बैशाख । लकडाउनलाई थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए । तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ । अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ ।
लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । त्यस्तै वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको छ । तीन जोनमा विभाजन गरेर लकडाउनमा परिवर्तन गर्न तयारी भएको छ । त्यसैले सुरक्षित जोन मानिएको स्थानलाई कसरी कभर गर्ने विषयमा समेत छलफल जारी छ । उपत्यका भित्रिने नाकालाई व्यवस्थित गर्न सुरक्षा निकायले तयारी गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार