उपत्यकाबाट थप १३९ जना पक्राउ

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, ७ मंसिर । प्रहरीले उपत्यकाका तीन जिल्लाबाट एक सय ३९ जनालाई नियन्त्रणमा लिएको छ । विगत २४ घण्टामा विभिन्न शंकास्पद गतिविधिमा संलग्न, झगडा, मादक पदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भूमिकामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । सो कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट एक सय १८ पुरुष र ११ महिला गरी एक सय २९ जनालाई नियन्त्रणमा लिइएको छ ।
यस्तै ललितपुर जिल्लाबाट ५ पुरुष र एक महिला गरी ६ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरबाट भने जम्मा ४ जनालाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ । मंगलबार भने यसरी पक्राउ गरिएकाको संख्या ९५ मात्र थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु