उपत्यकाका सामुदायिक विद्यालय बन्द

२०७१ कार्तिक २१ गते, शुक्रबार

काठमाडौ, २१ कात्तिक । विगतमा गरिएको सहमति कार्यान्वयनको मागसहित आन्दोलनरत अस्थायी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।
आन्दोलन स्वरुप आज उपत्यकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । कक्षा बहिष्कार गरी आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षा मन्त्रालयद्धारा विसं २०७० असोज १३ गते शिक्षकहरुका पेसागत संगठनसमेतको उपस्थितिमा अस्थायी शिक्षकहरु गरिएको सहमति कार्यान्वयन नगरिएको भन्दै विद्यालय बन्द गरिएको आन्दोलनरत शिक्षक दिनेश थापाले जानकारी दिनुभयो ।
विगतमा गरेको सहमति कार्यान्वयन नगरी १३ हजार शिक्षककोे विज्ञापनको अन्तिम नतिजा प्रकाशन गर्न लागिएका कारण हजारौं शिक्षकहरु सेवाबाट बाहिरिने अवस्था सिर्जना भएको अस्थायी शिक्षक संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रियाहरु