उपत्यकाबाट ९५ जना पक्राउ

२०७४ मंसिर ६ गते, बुधबार

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट विगत २४ घण्टामा ९५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । पक्राउ पर्नेमा शंकास्पद गतिविधिमा देखिएको, मापसे गरी झै–झगडामा संलग्न भएको, फरार सूचीमा रहेका लगायत छन् । पछिल्लो समय शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन विशेष सक्रिय हुँदै आएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन् । त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन् । भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार