उद्योग दर्ता अनलाइनबाट

२०७३ माघ ३ गते, सोमबार

काठमाडौं, ३ माघ । उद्योग दर्ता अब अनलाइनबाटै हुने भएको छ । उद्योग विभागले आफ्ना सेवाहरु अनलाइनबाटै गर्न सकिने गरी प्रणाली संचालनमा ल्याएको हो । अनलाइन उद्योग दर्ता प्रणालीको आइतबार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरे । अनलाइनबाटै प्रक्रिया पुरा गरी उद्योग दर्ता गरेको चिनियाँ एक कम्पनीलाई उद्योगमन्त्री जोशीले प्रमाणपत्र पनि प्रदान गरे । उद्योग विभागले यस अनलाइनबाट साना तथा मझौला उद्योग दर्ता, विदेशी लगानी स्वीकृती र भिसा सिफारिस गर्ने महानिर्देशक प्रदीप कोइरालाले बताए । उनले डाटाको सुरक्षाका लागि छिट्टै डिजिटल हस्ताक्षरको व्यवस्था गरिने पनि बताए । विभागको सबै काम सूचना प्रविधिमार्फत छिटो, छरितो र विश्वासिलो बनाउन अनलाइन प्रणालीबाटै सबै काम गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार