उद्योगमन्त्री बस्नेतको ‘म महेश’ सार्वजनिक

२०७२ श्रावण २८ गते, बिहीबार

काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतको ‘म महेश’ नामक संस्मरण बुधबारदेखि बजारमा आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमालेका युवा नेता एवं उद्योगमन्त्री बस्नेतको ‘म महेश’ पुस्तकको विमोचन गरेका हुन् । सो अवसरमा ओलीले मन्त्री बस्नेतको कार्यशैलीको चर्चासमेत गरेका थिए । पुस्तकमा मन्त्री बस्नेतले आफ्नो बाल्यकाल, विद्यार्थी जीवन, राजनीतिक यात्राका आरोह–अवरोह, युथफोर्स गठन र त्यसका कामहरुलगायतका घटनाक्रमहरु समेटेका छन् । पुस्तकमाथि एमाले नेता प्रदीप ज्ञवालीले टिप्पणी गरेका थिए । विमोचन समारोहमा गृहमन्त्री बामदेव गैतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा एमालेका थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु