उद्धारकार्यमा सबै खटौ : विप्लव

२०७२ बैशाख १४ गते, सोमबार

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना सबै नेता कार्यकर्तालाई भुकम्पबाट पीडितहरुको उद्धार कार्यमा लाग्न निर्देशन दिएका छन् । शनिवार विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले विनाशकारी भुकम्पले देशमो ठूलो जनधनको क्षति गरेको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेका छन् । राष्टिय शोकको यस घडीमा घाइतेहरुको उद्धार तथा अन्य समस्यामा फसेका जनताको उद्धार गर्नु आफ््नो पार्टीको प्रमुख दायित्व भएको भन्दै आफ्ना नेता कार्यकर्ता, समर्थक र शुभचिन्तक सबैलाई यस कार्यमा सम्पूर्ण सामथ्र्य लगाएर खटन निर्देशन दिएका छन् ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण विवरण यस प्रकार रहेको छ ” आज गोरखाको बारपाक केन्द्रन्दिू भएर गएको भूकम्पले देशै भरी ठूलो मानवीय तथा धनको क्षति भएको छ । सयौंका संख्यामा नेपाली जनताको ज्यान जानु, हजारौंको संख्या घाइते हुनु, राष्ट्र र जनताको धनसम्पत्तिमा क्षति पुग्नुले हाम्रो पार्टीलाई दखित तुल्याएको छ । यस प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छि । ज्यान गुमाउनेहरुको परिवारप्रति समवेदना व्यक्त गरिन्छ । साथै घाइतहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिन्छ । यस दुखत घडिमा तत्काल प्रभावकारी उद्दारकालागि राज्यसँग जोडदार माग गरिन्छि । यस राष्ट्रिय विपतको अवस्थामा हाम्रो पार्टीका सबै तहका नेता÷कार्यकर्ता र समर्थक शुभचिन्तकमा स्वस्थ्य उद्दार र उपचारमा सम्पूर्ण सामथ्यका साथ खट्न विशेष निर्देशन गरिन्छ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु