‘उत्पीडित वर्गको पक्षमा कलम चलाउन आग्रह ‘

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। क्रान्तिकारी पत्रकार संगठन कास्कीको पोखरा भएको भेलालाई सम्बोधन गर्दै नेता रुपेशाले पत्रकारहरुलाई यस्तो आव्हान गरेका हुन्। उनले वर्तमान परिस्थितिमा अधिकांश नेपाली संचार माध्यमले उत्पीडित वर्गका आवाजहरुलाई उठान गर्न नसकेको गुनासो गरेका थिए। उनले कास्की जिल्लामा देखिएका उत्पीडनका घटनाहरुलाई उल्लेख गर्दै त्यस्ता घतानाहरुका बारेमा कलम चलाउन अनुरोध गरे।
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एबम गण्डकी धवलागिरी संयोजक ओम हमालले नेपाली संचार माध्यममा बैदेशिक तथा दलाल र सामन्तहरुको लगानी बढिरहेकाले नेपाली संचार माध्यम आवाजबिहिनहरुको आवाज भन्दा पनि आवाज हुनेहरुको आवाज हुँदै गएकोमा आपत्ति प्रकट गरे। संगठनलाई सलामी, गुलामी, हरामी र दलाली तथा मौका परस्त व्यक्तिहरुबाट बचाउन आग्रह गर्दै क्रान्तिकारी पत्रकार संगठनका नेता हमालले मंत्री, नेताका अनुहारतिर ठडिने पत्रकारहरुको रेकर्डर र क्यामराहरुलाई गरीब, किसान, मजदुर, सुकुम्बासी जस्ता उत्पीडितहरुको आवाज बुलन्द गर्ने कार्यमा लगाउनुपर्ने आवस्यकता औंल्याए। आज भएको भेलाले आगामी एक महिनाभित्र न्जिल्ला भेला गर्ने गरी क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य समेत रहेका रमाकान्त बास्तोलाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ।

प्रतिक्रियाहरु