उत्तर कोरियाले नयाँ ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दावी

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । उत्तर कोरिया र अमेरिकाबीच सम्बन्धमा सुधार भइरहेका बेला अमेरिकी सञ्चारमाध्यमहरुले भने उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दाबी गरेका छन् । अमेरिकाको वासिङटन पोष्टलाई एक जना अमेरिकी अधिकारीले गुप्तचरी स्याटलाईटले प्योङयाङ नजिकको सानुम्डोङ ब्यालेष्टिक मिसाइल उत्पादन गर्ने क्षेत्रमा नियमित गतिविधि भैरहेको जानकारी दिएका थिए । तर यो प्रक्रिया कति अगाडि बढिरहेको छ भन्नेबारे भने स्पष्ट नभएको बताइएको छ ।
गत जुनमा सिंगापुर शिखर वाता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति भएको थियो । वार्तापछि ट्रम्पले उत्तर कोरिया अब आणविक चुनौति नभएको बताउनु भएको थियो । उत्तर कोरियाले पछिल्लो ९ महिना यता कुनै पनि आणविक परिक्षण गरेको छैन भने केही परीक्षण स्थल नष्ट गरेको दाबीसमेत गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार