उत्तर कोरियालि जनता कुपोषणको चपेटमा

२०७३ चैत्र १० गते, बिहीबार

काठमाडौं, १० चैत । उत्तर कोरियामा ४१ प्रतिशत मानिस कुपोषणको चपेटमा रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका हरेक पाँचमा दुई जना कुपोषित रहेको हुन् । त्यहाँका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहायताको भरमा रहेको पनि राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ । धेरै नागरिक आधारभूत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट समेत बन्चित रहेको एवं बालमृत्युदर पनि उच्च रहेको राष्ट्रसंघले जनाएको छ । पाँच वर्षमुनिका बालबालिका मूख्य गरी छाडापखाला र निमोनियाकै कारण मृत्युवरण गर्न बाध्य रहेका छन् ।
करिब दुई करोड ५० जनसंख्या रहेको उत्तर कोरियामा एक करोड ८० लाख मानिस भोकमरीको चपेटमा परेको दावी गरिएको हो । एक करोड पाँच लाख मानिस त कुपोषित बन्नु परेको राष्ट्रसंघको भनाइ छ । उत्तर कोरियामा सरकारी फर्ममा खेती हुने र त्यसको नियन्त्रण पनि सरकारकै हुने गरेको छ । वर्षेनी लाखौं मानिस भोकमरीको चपेटमा पर्ने गरेको उत्तर कोरियामा सन् १९९० को दशकको व्यापक भोकमरीमा लाखौं मानिस मृत्युवरण गर्न विवश भएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु