उत्तर कोरियाद्वारा समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण

२०७३ चैत्र २३ गते, बुधबार

काठमाडौं, २३ चैत । उत्तर कोरियाले समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रीका अनुसार मिसाइल ४० माइलको दूरीमा परीक्षण गरिएको हो । यो मध्यम दूरीसम्म मार हान्न सकने क्षमताको रहेको बताइएको छ । चीनका राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणमा रहेकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका भ्रमणमा रहेका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने एजेन्डा तय हुँदा उत्तरले यो कदम चालेको हो । दुई नेताबीच उत्तर कोरियाको आणविक महत्वाकांक्षा र त्यसको प्रभावका बारेमा छलफल हुने बताइएको छ ।
राष्ट्रसंघले उत्तर कोरियालाई कुनैपनि खाले आणविक परक्षणका लागि प्रतिबन्ध लगाएपनि उसले अटेर गरिरहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु