उत्तर कोरियाद्वारा रकेट परीक्षण

२०७२ माघ २४ गते, आईतवार

काठमाडौं, २४ माघ । राष्ट्रसंघीय प्रतिबन्ध र विश्वका विभिन्न मुलुकको चेतावनीलाई चुनौति दिँदै उत्तर कोरियाले आइतबार बिहानै लामो दूरीको मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले यो मिसाइल परिक्षणलाई अर्थ अब्जरभेसन स्याटेलाइट लन्ज नाम दिएको छ। जापान र अमेरिकाले केही दिनअघि नै यसलाई मिसाइल परीक्षण बताएका थिए । वर्षको सुरुवातमै उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेर संसारलाई चुनौति दिएको थियो ।
दक्षिण कोरियाले यसलाई अन्तर्राष्ट्रिय समुदायविरुद्ध खुला चुनौति बनाएको छ। जापानका प्रधानमन्त्री शिंजो अबेले उत्तर कोरियासँग यो परीक्षण रोक्न आग्रह गर्दै अन्यथा गम्भीर चुनौतिको सामना गर्न तयार रहन चेतावनीसमेत दिएका थिए ।
उत्तर कोरियाले सन् १९८५ मा एनपीटी –परमाणु अप्रसार सन्धी) स्वीकार गरेको थियो । यसअन्तर्गत उसले सक्रिय रुपमा न्युक्लियर विकास गर्न पाउँदैन । तर, यसले यो सम्झौता स्वीकार गरेन् । उत्तर कोरियाले सन् २००३ मा स्वयमलाई यो सन्धीबाट अलग भएको घोषणा गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु