उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइल परीक्षण

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौँ, ८ भदौ । उत्तर कोरियाले पानीजहाजबाट ब्यालेष्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । अघिल्लो महिना पानीजहाजबाट गरिएको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएपछि उत्तर कोरियाले पुनः परीक्षण गरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघले परमाणु हतियार निर्माण गरिरहेको भन्दै प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । अमेरिका र दक्षिण कोरियाले थालेको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्ट उत्तर कोरियाले युद्धका लागि तयार रहन चेतावनी दिएको केही दिनमै ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार