उत्तर कोरियाद्वारा नयाँ रकेटको परीक्षण

२०७३ चैत्र ६ गते, आईतवार

काठमाडौं, ५ चैत । उत्तर कोरियाले नयाँ क्षमताको रकेट इन्जिन परिक्षण गरेको छ । उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परिक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँस्तरमा पुगेको नेता किम जोङ उनले जनाएका छन् ।
नयाँ रकेटले विश्वस्तरको स्याटेलाइट प्रक्षेपणका लागि सहयोग गर्ने नेता किमको भनाई छ । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरेकै समयमा उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार