उत्तर कोरियाद्वारा छोटो दूरीको मिसाइल परीक्षण

२०७६ बैशाख २१ गते, शनिबार

काठमाडौं, २१ वैशाख । उत्तर कोरियाले शनिबार एउटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको हो । होदो क्षेत्रमा मिसाइल प्रक्षेपण गरिएको बताइएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रुअरीमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु