‘ उठ्दैनन् बूढानिलकण्ठ’ सार्वजनिक

२०७५ आश्विन १२ गते, शुक्रबार

काठमाडौं, १२ असोज । नरप्रसाद धितालको शब्द रहेको भजन उठ्दैनन् बूढानिलकण्ठ सार्वजनिक भएको छ । राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको सङ्गीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको थियो । अतिथिहरुले पछिल्लो समय गीत सङ्गीतमा विकृति भित्रिएको र यस्ता गीतले त्यस्ता विकृतिलाई केही हदसम्म निरुत्साहित गर्ने बताउँदै शुभकामना दिएका थिए ।
नरप्रसादको पूजा एल्वममा समाबेस यो गीतलाई संजय पाण्डेले निर्देशन गरेका छन् । भकारी एमडिसी मार्फत सार्वजनिक गीतको भिडियोलाई चक्र महर्जनले छायाँकन गरेका हुन् भने दिनेशजंग रानाले सम्पादन गरेका छन् ।

भिडियो –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु