सुकुम्वासीको उठिबाँस गरे शसक्त प्रतिकार

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका अध्यक्ष अाेम प्रकाश पुनले झापाको दमकलगायत देशका विभिन्न ठाउँका सुकुम्बासी बस्तीमाथि सरकारले बर्बरतापूर्वक दमन गरी जनताको छाकबाँस उठिबाँस गरिरहेकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उसले सुकुम्बासी बस्तीमा डाेजर लगाएर उठिबाँस गर्ने र दलाल भुमाफियाहरुकाे स्वामित्वमा जग्गा सुम्पिने घृणित कार्य प्रारम्भ गरेको भन्दै निन्दा एवं भर्त्सना समेत गरेको छ । साथै संघले सुकुम्बासीमाथिको दमन तुरुन्त रोक्न र उनीहरुकाे गाँस बाँसको ग्यारेन्टी गर्न माग समेत गरेकोछ । यदि दलालहरुकाे वर्ग स्वार्थका कारण सुकुम्वासीलाई उठिबाँस गर्दै जाने हाे भने संगठन त्यसको शसक्त प्रतिकार गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
यस बिषयमा अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका अध्यक्ष अाेम प्रकाश पुनले जारी गरेको विज्ञप्तीकाेपूर्ण बिबरण यस्तो छ
“झापाको दमकलगायत देशका विभिन्न ठाउँका सुकुम्बासी बस्तीमाथि केपी अाेलिकाे समाजिक फाँसिवादी सरकारले बर्बरतापूर्वक दमन गरी जनताको छाकबाँस उठिबाँस गरिरहेकाे घटनाप्रति अखिल नेपाल भुमिहिन सुकुम्बासी संघकाे गम्भीर ध्यानाकर्षण भएको छ । कथित समाजवादकाे खाेक्राे नारा अाेराल्ने केपी अाेलीकाे सामाजिक दलाल फाँसिवादी सरकारले बर्षाैदेखि बसाेवास गर्दै अाएका सुकुम्बासी बस्तीमा डाेजर लगाएर उठिबाँस गर्ने र दलाल भुमाफियाहरुकाे स्वामित्वमा जग्गा सुम्पिने घृणित कार्य प्रारम्भ गरेको छ, जस्काे हामीघाेर निन्दा एवं भर्त्सना गर्दछौं । देशमा करिब ६० लाख सुकुम्बासी छन्, जाे राज्यको निम्ति लज्जास्पद कुरा हाे । यदि जनपक्षीय सरकार भएको भए तीनको ग्यारेन्टी पहिलो प्राथमिकतामा पर्नु पर्थ्याे तर दलाल सरकारले तीनको उठिवाँस गरिरहेकाे छ । हाम्रो संगठन अाह्वान गर्दै छ कि अब केपी अाेली सरकारकाे फाँसिवादका बिरुद्ध सम्पूर्ण भुमिहिन सुकुम्बासी एक हाै र संघर्ष गराै । मर्ने बेला कमिलाकाे प्वाँख अाउँछ भने झै केपी र पुष्प कमलकाे फाँसिवादी गठबन्धन छिट्टै समाप्त हुनेछ । हामी चेतावनी दिन चाहन्छाै कि दलाल सरकारले सुकुम्बासीमाथिको दमन तुरुन्त राेकाेस् र उनीहरुकाे गाँस बाँसको ग्यारेन्टी गराेस् । यदि दलालहरुकाे वर्ग स्वार्थका कारण सुकुम्वासीलाई उठिबाँस गर्दै जाने हाे भने हाम्रो संगठन त्यसको शसक्त प्रतिकार गर्न बाध्य हुने छ ।”

प्रतिक्रियाहरु