उच्च रक्तचाप किन हुन्छ ? – डा. हेमराज कोइराला

२०७१ आश्विन १८ गते, शनिबार


रक्तनलीमा रगत बग्दा रगतले रक्तनलीको भित्तामा दिएको दबाब -चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्य व्यक्तिमा सिस्टोलक १००-१३० एमएमएचजीसम्म हुन्छ भने डाएस्टोलिक ६०-८५ एमएमएचजीसम्म रहन्छ । सामान्यतया सिस्टोलिक १२० र डाएस्टोलिक ८० लाई आदर्श रक्तचाप मानिन्छ । रक्तचापले यी मानविन्दु नाघेमा उच्च रक्तचाप र कम भएमा निम्न रक्तचाप भएको मानिन्छ । उच्च रक्तचापउच्च रक्तचाप मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग हो । संसारभर ३० वर्षकाटेका ३० प्रतिशत भन्दा बढी जनसंख्या उच्च रक्तचापबाट पीडित छन् भने नेपालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने १८ वर्षकाटेका २० प्रतिशत र सहरी क्षेत्रमा बसोबास गर्ने १८ वर्षकाटेका २५-३० प्रतिशत जनतालाई उच्च रक्तचाप छ । बद्लिंदो जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो रोगको कारणले प्रत्येक वर्ष९० लाख व्यक्ति मर्छन् । मुटु तथा कोरोनरी धमनी जस्ता रोगको मुख्य कारक, मस्तिष्कघात, मिर्गौला असफल हुने र दृष्टिनाश जस्ता समस्याको मूलजरो यस रोगलाई मानिएको छ । प्रकारःउच्च रक्तचापलाई प्राथमिक -९४ प्रतिशतमा) र वितीय -छ प्रतिशतमा) गरेर दुइ समूहमा बाँडिएको छ । रोगको कारक तत्वको यकिन नभएका हुनाले प्राथमिक रक्तचापलाई कारणरहित र्-इडीओपेथिक) उच्च रक्तचाप पनि भनिन्छ । रोगका खास कारण थाहा नभए पनि यो रोग आनुवंशिक, वातावरणीय अन्तरसम्बन्ध, जीवन शैली र व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको उपज हुन्छ । खासगरी ज्यादा तौल भएका, नुन ज्यादा खाने, श्रम तथा व्यायाम नगर्ने, सूर्तीजन्य तथा अन्य नशालु पदार्थको सेवन गर्न, मादक पदार्थको सेवन गर्न, क्लोरेस्टेरोलका समस्या भएका, खानामा रेसा र चोकर नलिने, टाइप ए व्यक्तित्व भएका, तनाव, चिन्ता, भय र उदासिनता भएकामा यस प्रकारको रक्तचाप ज्यादा देखिएको छ । विद्युतीय उच्च रक्तचापको भने निश्चित कारण हुन्छन् । छ प्रतिशत मध्ये चार प्रतिशत मिर्गौला तथा रक्तनलीको खराबी, एक प्रतिशत अन्तस्रावी ग्रन्थी तथा हरमोनको गडबडी तथा र बाँकी एक प्रतिशतमा औषधिको दुष्प्रभाव कारक हुन्छ ।
लक्षणः
उच्च रक्तचाप भएकालाई लगातार टाउको दुख्ने -खास गरी पछाडिको भागमा), रिङ्गटा लाग्ने, चाँडै रिस उठ्ने, छाती दुख्ने, चक्कर लाग्ने, कान बज्ने, दृष्य धमिलिने, सास बढ्ने, निन्द्रा नलाग्ने, नाथ्रि फुट्ने, सामान्य काम गर्दा पनि दम बढ्ने र विश्रामको अवस्थामा पनि मुटु ढुकढुक गरेको थाहा पाइने जस्ता लक्षण देखिन्छन् । जोखिमः
उच्च रक्तचाप आफँैमा कुनै रोग होइन तर सयौँ रोगको कारक हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला असफल, नेत्रघात -दृष्टि गुम्नु), मुटु सुन्निने, रक्तनली तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थता जस्ता समस्या आउन सक्छ ।
उपचार ः
द्वितीय उच्च रक्तचाप नियन्त्रण गर्नको लागि यसका कारण पत्ता लगाएर आवश्यक उपचार विधि अपनाउनुपर्ने हुन्छ । प्राथमिक उच्च रक्तचाप भएकाले जीवनशैली परिर्वतन गर्न तथा मुटुरोग विशेषज्ञको परामर्शमा रक्तचाप नियन्त्रक औषधि खानुपर्ने हुन्छ । जीवन शैली परिवर्तन नगरी औषधि मात्र लिँदा पनि रक्तचापलाई दीघकालीन रूपमा नियन्त्रण गर्नसकिएको छैन ।
भोजन व्यावस्थापनः
उच्च रक्तचापबाट बच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनको मात्रा भोज्य पदार्थको छनोट व्यक्तिको प्रकृति, विकृति -रोग), बल, वय -उमेर), सत्व -मानसिकता) आदिको आधारमा हुन अति आवश्यक छ ।
१. उच्च रक्तचाप भएकाले नुन तथा सोडियमयुक्त खाद्य पदार्थको पहरेज गर्नर्ुपर्छ । दैनिक दर्ुइ ग्राम भन्दा ज्यादा नुन नखाने ।
२. रक्सी तथा अन्य अल्कोहोलिक पेय पदार्थको सेवन गर्नु हुदैन ।
३. घिउ, नौनी, छाली, वटर र बोसो जस्ता जङ्गम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन । सकेमा तेल रहित पाककला सिकेर तेल रहित खानेकुरा खाँदा राम्रो ।
४. उच्च रक्तचाप भएकाले पूणाशाकाहारी हुन जरुरी छ ।
५. नदेखिने चिल्लो पदार्थका स्रोतहरू बदाम, काजु, मुङ्गफली, नरिवल जस्ता तौलीय फल खानु हँुदैन ।
६. तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानु पर्दछ ।
७. पेटभरी ठुसी-ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ ।
८. अजिनोमोटो, सोडियम वाइकार्बनाइड र सोडियमबेन्जोएट जस्ता बेकिङ पाउडरको प्रयोग मुटु तथा रक्तचाप मैत्री होइन ।
९. खानामा रेसा र चोकरयुक्त खाद्यान्नको समायोजन हुन जरुरी छ ।

प्रतिक्रियाहरु