उच्च रक्तचापबाट जोगिने भए…

२०७१ आश्विन ११ गते, शनिबार


काठमाडौँ । उच्च रक्तचाप -बोलीचालीको भाषामा बी पी हाइ) र तनाव पछिल्लो समयमा आम मानिसका साझा स्वास्थ्य समस्या बनिरहेका छन् । असन्तुलित खानपान, व्यस्त तथा दौडधूप पर्ूण्ा जीवनशैली, व्यायामको अभाव, बढि नुनिलो तथा फास्टफुडको अत्यधिक सेवनले गर्दा मानिसमा उच्च रक्तचापको समस्या आउने गर्छ । रक्तचाप सामान्य अवस्थाभन्दा बढि अर्थात् १४०/९० भन्दा माथि निरन्तर रूपमा रहिरहृयो भने त्यसलाई उच्च रक्तचाप भएको भनिन्छ । यद्यपि उच्च रक्तचाप आफँैमा रोग होइन तर यसले अन्य रोगलाई जटिल बनाउँछ । जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने केही उपाय निम्न छन्ः
१. जगिङ – नियमित रूपमा दौडनु वा हिड्नु स्वास्थ्यका लागि फलदायक हुने विभिन्न अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार हप्तामा १ घण्टासम्म मात्र पनि जगिङ गरेमा ६ वर्ष आयु बढ्छ । जगिङले बहुआयामिक स्वास्थ्य लाभ दिने शोधकर्ताहरूको दाबी छ । यसले रगतले अक्सिजन लिने दरमा वृद्धि गर्नुका साथै रक्तचाप सन्तुलन गर्न सघाउ पुर्यउँछ । जगिङ होस् वा अरु कुनै शारीरिक क्रियाकलाप त्यसले मुटुलाई सक्रिय तथा सशक्त बनाउने र रगत पम्प गर्न प्रक्रियालाई सहज बनाउने हुनाले रक्तनलीहरूमा दबाब कम पर्छ । यसका कारण रक्तचाप स्वतः सन्तुलित बन्दछ ।
२. पर्याप्त मही खानुहोस् – उच्च रक्तचापका रोगीलाई महीको सेवन निकै लाभदायी हुने मात्र होइन स्वस्थ व्यक्तिले नियमित मही खाँदा यसले रक्तचाप बढि हुने जोखिम पनि घटाउँछ । अध्ययन अनुसार दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एक तिहाइले घट्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।
३. केरा खानुहोस्- केरामा प्रसस्त पोटासियम लवण पाइन्छ । केराजस्ता पोटासियमले भरिपर्ूण्ा फलफूलको सेवनका साथै नूनको कम सेवनले रक्तचाप बढ्ने जोखिम घटाउँछ । पोटासियमले सरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ जसका कारण रक्तचाप नियन्त्रित हुन्छ । विज्ञहरूले रक्तचापलाई सन्तुलनमा राख्नका लागि दिनमा ५ वटा सम्म केरा खान सुझाव दिन्छन् ।
४. नूनको खपत घटाउनुहोस्- नून बढि खाँदा स्वतः रक्तचाप बढ्दछ । रगतमा नून घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । केवल बढि चर्को तरकारी नखाने मात्र होइन नून बढि हुने विभिन्न खाले फास्टफूडको सेवन पनि कम गर्नर्ुपर्छ ।
५.वजन नियन्त्रण गर्नहोस्- मोटोपन रोगको घर हो भन्ने उखानै छ । मोटोपनाले उच्च रक्तचाप लगायत विभिन्न खाले हृदयरोगको जोखिम बढाउँछ । शोधकर्ताहरूका अनुसार केही किलो मोटोपना घटाउँदा मात्र पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ । ६.धूमपान नगर्नुहोस्- धुम्रपान उच्च रक्तचापको मुख्य कारक तत्व हो । चुरोटमा भएको निकोटिनले सरीरका ग्रन्थीलाई उत्प्रेरित गर्छ जसका कारण एडि्रनलिन हर्मनको उत्पादन बढ्दछ । यो हर्मनका कारण मुटुको धड्कन त्रि्र बन्दै जान्छ जसका कारण रक्तनलीमा दबाब बढ्दा रक्तचाप पनि बढ्दछ ।
७. काम घटाउनुहोस्- अत्यधिक व्यस्त जीवनशैली तथा कामको धपेडी उच्च रक्तचापको एक मुख्य कारण बनेको छ । एक अध्ययन अनुसार निरन्तर हप्तामा ४० घण्टा काम गर्दा शरीरको रक्तचाप १४ प्रतिशतले बढ्दछ । ओभरटाइम काम गर्ने बानीले रक्तचाप अझै बढ्ने अध्ययनको निष्कर्षरहेको छ । हप्तामा ४० घण्टाभन्दा कम काम गर्नमा भन्दा ५१ घण्टा बढि काम गर्नमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत बढि पाइएको छ ।
८. घर्ुर्ने बानी छ – सचेत हुनुहोस् – यदि तपाईंमा सुतेको बेला घर्ुर्ने बानी छ भने होसियार हुनुहोस्, तपाईंलाई उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले आफ्नो रक्तचाप परीक्षण गरी सावधानीका उपाय अपनाइहाल्नुहोस् । पर्याप्त न्रि्रा सुत्नुहोस् ।
९. कफी कम खानुहोस्- बढि कफी तथा कफिजन्य पदार्थ खाँदा त्यसले रक्तचाप बढाउने अनुसन्धानकर्ताहरू बताउँछन् । दैनिक ५०० मिल्रि्राम -तिन कप) कफी खाँदा कालान्तरमा रक्तचाप ३ प्वाइन्टले बढ्ने शोधकर्ताहरू बताउँछन् । कफीमा हुने क्याफाइन तत्वले रक्तनलीलाई दह्ररो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ ।
१०. गाजरको जुस- नियमित रूपमा गाजर, गान्टेमूला तथा लौकाको जुस खानु रक्तचाप सन्तुलनका लागि उपयोगी हुन्छ ।

प्रतिक्रियाहरु