उच्च माध्यामिकको पाठ्यपुस्तक परिमार्जन हुँदै

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौं, १९ असोज । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को पाठ्यपुस्तक परिमार्जन गर्ने भएको छ । अर्को वर्षदेखि लागू हुने गरी पाठ्यपुस्तक परिमार्जन गरिएको हो । १५ वर्षदेखि चल्दै आएको पाठ्यपुस्तकलाई समयसापेक्ष बनाउनका लागि परिमार्जन गरिएको उच्च माध्यामिक शिक्षा परिषदका प्रमुख जंगबहादुर अर्यालले बताए । कक्षा ११ र १२ का सबै संकायका पाठ्यपुस्तकहरु परिमार्जन गरिएको र केही नयाँ थपिएको उनले जानकारी दिए । परिमार्जन गरिएको र थपिएका पाठयक्रमहरु उच्च माध्यामिक शिक्षा परिषदको वेबसाइट डब्लुडब्लुडब्लु डट एचएसइबी डट इडीयु डट एनपीमा राखिएको परिषदले जनाएको छ।

प्रतिक्रियाहरु