उच्च अदालतका न्यायाधीशद्वारा शपथग्रहण

२०७३ माघ ५ गते, बुधबार

काठमाडौं,५ माघ । न्यायपरिषद्ले गत पुस २८ गते गरेको सिफारिसबमोजिम आज उच्च अदालतहरुमा नियुक्त गरिएका ८० जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथग्रहण रेका छन । सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा उनीहरुलाई न्यायाधीश नियुक्त गरी शपथ गराइएको हो । विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका लागि उनीहरुलाई नियुक्त गरिएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा सम्बन्धित अदालतका मुख्य न्यायाधीशले उनीहरुलाई शपथ गराएका हुन् । न्यायपरिषद्का सदस्यहरुबीच नै विवाद उत्पन्न भएको अवस्थामा न्यायाधीश नियुक्ति गरिएपछि नेपाल बार एसोसिएसन तथा सरकारी वकिलहरुले तीव्र असन्तुष्टि राख्दै आएका छन् ।

प्रतिक्रियाहरु