ईयूको आग्रह अमेरिकाद्वारा अस्वीकार

२०७५ असार ३२ गते, सोमबार

काठमाडौं, ३२ असार । अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन क्रममा युरोपियन कम्पनीहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपियन युनियनले गरेको आग्रहलाई ठाडै अस्वीकार गरेको छ । युरोपियन मुलुकहरुलाई एक पत्र लेख्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले इरानमाथि अधिकतम दबाब सृजना गर्नकै लागि पनि ईयूको अपील स्वीकार्न नसकिने प्रष्ट गरेका हुन् ।
अमेरिकी राष्ट्रिय सुरक्षामा लाभ नमिल्दासम्म कुनै खालको छूट दिन नसकिने पत्रमा प्रष्ट गरिएको छ । वासिंगटनको नयाँ प्रतिबन्धका कारण अरबौं डलरको ब्यापार खतरामा पर्ने डरमा युरोपियन युनियन परेको छ । इरानी शासकमाथि अधिकतम आर्थिक दबाब दिनकै लागि प्रतिबन्ध लगाइएकाले कुनै खाले अपवाद लागु हुन नसक्ने पनि जनाइएको छ ।
सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय रुपमा ईरानी आणविक हतियार कार्यक्रमबाट हात झिकेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अनेक खाले आर्थिक प्रतिबन्ध लगाएका छन् । यद्यपि, फ्रान्स, बेलायत र जर्मनी जस्ता अमेरिकी युरोपेली मित्र मुलुकले भने उक्त सम्झौतामा कायमै रहेको जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु