ईमेज च्यानल २२ औं वर्षमा प्रवेश

२०७४ माघ १ गते, सोमबार

काठमाडौं, १ माघ । ईमेज च्यानलले प्रसारणको २१ वर्ष पूरा गरेको छ । एक्काइसौं वर्ष पूरा गरेको अवसरमा इमेज कम्प्लेक्समा गरिएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले सबैमा शुभकामना व्यक्त गरे । दुई दशक अगाडी च्यानल सुरु गर्दाको परिस्थितिको अनुभव सुनाउँदै उनले सबैको साथ र सहयोगले यात्राका अवरोध छिचोल्दै अगाडी बढेको र आगामी दिनमा पनि त्यो साथ कायमै रहने विश्वास व्यक्त गरे ।
अध्यक्ष मानन्धरले अबको केही महिनाभित्रै एचडी प्रविधिका साथ आउने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा अध्यक्ष मानन्धरले केक काटेर वार्षिकोत्सवको उद्घाटन गरेका थिए । ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शक माझ पुगेको थियो ।
प्रशारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्टेरियल माध्यमबाट इमेज मेट्रो च्यानल प्रशारण सुरु गर्‍यो ।
त्यसको ४ वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रशारणलाई विश्वभर जोड्यो । विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको मूल नारासहित अहिले ईमेज च्यानल साताको सातै दिन चौबीसै घण्टा देशभर मात्र नभई विश्वका ७२ भन्दा बढी राष्ट्रमा आफ्नो प्रशारणलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार