ईपीएसमा ७ हजार एक सय पास हुने

२०७१ चैत्र ११ गते, बुधबार

काठमाडौ। दक्षिण कोरियाको मानव संशाधन विकास (एचाआरडी) ले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार एक सय युवा उतीर्ण गर्ने भएको छ । यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौमा हुँदैछ। कोरियाली रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली कामदार पर्दै गएकाले यो वर्षको परीक्षामा गत वर्ष भन्दा करिब दोब्बर बढी उतीर्ण गराइन लागेको हो।
गत वर्षको परीक्षामा ३ हजार ६०० उतीर्ण भएका थिए । यो वर्षको परीक्षामा कृषि क्षेत्रतर्फ करिब २२ सय र औद्योगिक क्षेत्रतर्फ करिब ४९ सय नेपाली युवा उतीर्ण हुने ईपीएस सेन्टर नेपालले जनाएको छ । ईपीएसमार्फत १५ मुलुकबाट कोरिया जाने गर्छन् । कोरियामा कार्यरत नेपालीमध्ये ४.५ प्रतिशत अवैध छन् ।
यो वर्षको भाषा परीक्षाको फर्म वैशाख ३ देखि ६ गतेसम्म संकलन हुनेछ । काठमाडौ उपत्याकामा ४ केन्द्र तथा धरान, बुटवल, पोखरा, डडेलधुरा र धनुषाको जनकपुरबाट पनि र्फम वितरण हुनेछ । परीक्षा केन्द्र काठमाडौ उपत्यका र पोखरामा हुनेछन् ।
नेपाल र कोरियाबीच सन् २००७ मा द्विपक्षीय श्रम सम्झौता भई सन् २००८ बाट कामदार जान सुरु भएको हो । हालसम्म करिब २८ हजार युवा ईपीएसमार्फत कोरिया पुगिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार