इच्छुकको सम्झना र सम्मानमा – सुमन सिंह पौडेल

२०७५ जेष्ठ १५ गते, मंगलवार

न्याय र मुक्तिको
बुलन्दि मशाल बालेर
बिद्रोहमा होमिनेहरु
आफ्नो र आंफुहरुको
कहिलै पर्वाह गरेनन
म र मेरो कहिलै भन्न जानेनन

सपना ! एउटै सपना
देखिरहे हर सेकेण्ड
मुक्त जिवनको सपना !

झक्झकाइ रहे दमितहरुलाइ
खबरदारी गरिरहे शासकहरुलाइ
आवाज ओकली रहे अन्तिम सम्म
गर्जिरहे अनन्त सम्म …

इच्छुकहरु !
हज्जारौं इच्छुकहरु
आफ्नै शरिरको रगतमा
लपेटिएर
बर्बर यातना सहेर
अन्तिम सम्म बोलिरहे
जनताको मुक्ती- जिन्दाबाद !
क्रान्ती- जिन्दाबाद !

भत्किएको बाटो
मर्मत गरिरहेकाहरु
भत्काउने दुस्टहरुको बैभव देखेर
बिक्षिप्त छन
धोका पाएर
झस्किएका छन

तर, क्रान्तिको झण्डा
उठाइरहेका छन
इच्छुकहरुको सपना
जिंउदो राख्न
त्यो सपना पूरा गरिछाड्न
दृढ संकल्पित भैरहेका छन

एउटा कलम बाज
क्रान्तिकारी
जसले बिद्रोहलाइ गुन्जयमान गरायो
क्रान्तिको मशाल बाल्दै हिंड्यो
सबै मुक्तिकामी जनताको
प्रिय बनिरह्यो

हो ! हाम्रो प्रिय मान्छे इच्छुक
हामी तिम्रै बाटोमा हिंडिरहेका छौं
बिग्रेको बाटो मर्मत गर्दै
अघि बढ्दैछौं ।

हामी फेरिपनि इच्छुक बन्न तयार छौं ।
बलिदान गर्न तयार छौं ।

प्रतिक्रियाहरु