इरानी राजदुतलाई अमेरिकाले भिसा दिएन

२०७० चैत्र ३० गते, आईतवार

काठमाडौँ ।ईरानीको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि मनोनित राजदुत हमीद अबुतालेबीलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ ।
सन् १९७९ मा तेहरानमा रहेको अमेरिकी दुतावास कब्जा गर्ने घटनामा संलग्न रहेको भन्दै अमेरिकाले उहाँलाई भिसा दिन अस्वीकार गरेको हो ।
अमेरिकाले तेहरानमा अमेरिकी दुतावासका कर्मचारीलाई बन्धक बनाउने विद्यार्थी समूहमा अबुतालेबी पनि रहेको दावी गरेको छ ।
अमेरिकाको माथिल्लो र तल्लो सदनमा अबुतालेबीलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धि विधेयक पारित भएकाले राष्ट्रपति बाराक ओबामा लाई विधेयकमा हस्ताक्षर गर्ने दबाब बढेको बिबिसीले जनाएको छ ।
ह्वाईट हाउसले यसै हप्ता ईरानी सरकारलाई कुनै बेलाका विद्यार्थी आन्दोलनकारीलाई राष्ट्रसंघमा राजदूतका रुपमा चयन गर्नु व्यवहारिक नहुने बताएको थियो । अबुतालेबीले भने अमेरिकी दुतावास कब्जा गर्ने काममा आफू संलग्न नरहेको दावी गर्नुभएको छ ।
राष्ट्रसंघमा ईरानी मिसनका प्रवक्ता हमी बाबाईले अमेरिकाको निर्णय प्रति खेद व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको टिप्पणी गर्नुभयो । सन् १९७९ मा भएको विद्यार्थी आन्दोलनका क्रममा ईरानी विद्यार्थीहरुले ५२ जना विद्यार्थीलाई ४ सय ४४ दिन सम्म नियन्त्रणमा राखेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु