इराकी जनता सर्वाधिक दयालु

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौँ, १० कात्तिक । लामो समय युद्धको चपेटामा परेको मुलुक इराक भौतिक रुपमा तहस नहस नै भएको छ । तर इराकी जनता भने विश्वमै सर्वाधिक दयालुको सूचीमा देखिएका छन् । सीएएफ वर्ल्ड गिभिङ इन्डेक्स २०१६ अनुसार इराकी जनता विश्वमै सर्वाधिक दयालु छन् । उनीहरु अन्जान मासिसप्रति सबैभन्दा बढी उदार देखिने सो प्रतिवेदनमा उल्लेख छ । चीन भने यो सूचीमा सबैभन्दा तल छ । अर्थात्, अन्जान मानिसप्रति चिनियाँ जनता दयालु देखिदैंनन् ।
प्रतिवेदनअनुसार एक महिनाको अवधिमा प्रत्येक १० इराकी जनतामध्ये ८ जनाले यस्ता मानिसलाई मद्दत गरेको पाइयो, जसलाई उनीहरु चिन्दैनन् । सो प्रतिवेदन अनुसार म्यानमारका जनता सर्वाधिक दानी छन् । एक महिनामा त्यहाँका ९१ प्रतिशत जनताले कुनै न कुनै रुपमा दान गरेका छन् ।
दयालुको सूचीमा अमेरिकी दोस्रो नम्बरमा छन् । ७३ प्रतिशत अमेरिकीले अन्जान मानिसलाई मद्दत गरेको पाइएको छ भने ६३ प्रतिशत अमेरिकीले दान गरेको सो प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियाली मुलुकमा भुटानमात्र यस्तो एउटा देश हो जो यो सूचीको शीर्ष २० भित्र सामेल छ । भुटान उक्त सूचीको १८ औं नम्बरमा छ । – एजेन्सी

प्रतिक्रियाहरु