इराकमा नयाँ मन्त्री मण्डल गठन

२०७१ भाद्र २४ गते, मंगलवार


काठमाडौँ , २४ भदौ । महिनौदेखि जारी राजनीतिक अस्थिरता अन्त्यका लागि इराकमा प्रधानमन्त्री हैदर अल आबादीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
प्रधानमन्त्री हैदर अल आबादीको नेतृत्वमा गठित नयाँ सरकारले इराकमा संघर्षरत चरम्पन्थी संगठन आईएसविरुद्ध कडा कारबाहीको म्याण्डेड पाएको छ । इराकको लगभग एक तिहाई क्षेत्रमा कब्जा जमाएको आईएसविरुद्ध नयाँ सरकारले अहम कार्वाही गर्ने विश्वास लिईएको छ ।
सरकारमा सुन्नी र कुर्द उपप्रधानमन्त्री नियुक्त गरिएको र रक्षा तथा गृहमन्त्रीको केहि दिनमै टुंगो लगाउने प्रधानमन्त्री अल आबादीले जनाएका छन् ।
सत्ता साझेदारबीच भएको एक सम्झौतामा बाँकी मन्त्रालयमा बहुसंख्यक शिया समुदाय, सुन्नी र कुर्द समुदायका बिचबाट मनोनित गरिनेछ । नयाँ मन्त्री मण्डलले इराकमा जारी द्वन्द्वको अन्त्य गर्ने विश्वास लिईएको छ ।

प्रतिक्रियाहरु