‘इमो’बाट चिट चोर्नेलाई मुद्दा

२०७६ बैशाख २७ गते, शुक्रबार

काठमाडौं, २७ बैशाख । १२ कक्षाको परीक्षामा मोबाइल एप ‘इमो’ मार्फत् चिट चोर्ने तीन विद्यार्थीमाथि प्रहरीले मुद्दा चलाएको छ। दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जितकुमार मण्डलविरुद्ध जिल्ला अदालतबाट ‘परीक्षामा मर्यादाविपरीतको कसुर’मा मुद्दा चलाइएकाे हाे । प्रहरीका अनुसार परीक्षार्थी सरदारले मोबाइलको इन्टरनेट डाटा खुला राखेर इमोमार्फत् गणित विषयको प्रश्नपत्र पठाएर त्यसको उत्तर प्राप्त भएपछि तीन जनाले चोरी गरेर उत्तर लेखेका थिए।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा वैशाख १५ देखि सञ्चालित कक्षा १२ को मंगलबारको गणित विषयको परीक्षामा तीन जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गएिको थियाे ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र कन्द्राध्यक्षसहितको टोलीले अनुगमन तथा जाँचको क्रममा सिम्बल नम्बर २१५०१२३१ रहेका सरदार, २१५०१२३२ का हुमागाईँ र २१५०१२३३ का मण्डललाई इमोबाट चिट चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।

प्रतिक्रियाहरु