इमरान खान अमेरिका प्रस्थान , ट्रम्पसँग भेट्ने

२०७६ आश्विन ६ गते, सोमबार

काठमाडौं , ६ असोज । साउदीका राजकुमारको प्लेनमा चढेर पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिका उढेका छन् । साउदी भ्रमण गर्दै संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन गएका खानलाई साउदीका राजकुमारले नै आफ्नै जहाजमा पठाएका हुन् ।
आईतबार उक्त प्लेन चडेर प्रधानमन्त्री खान अमेरिका उडेको बताईएको छ । सुरुमा खान कमर्सियल जहाजमा जाने भनिएतापनि राजकुमार मोहम्मद बिन सलमानले पाहुनालाई कमर्सियल जहाजमा नपठाइ आफ्नै जहाजमा जान अनुरोध गरेकाले खान व्यक्तिगत जहाजमा अमेरिका उडेका हुन् । उक्त जहाजमा प्रधानमन्त्री इमरान, पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीलगायत राष्ट्र संघमा जाने टोली सवार रहे । इमरानले आज सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन् । यसअघि एक महिना अघि मात्रै इमरान खान तीन दिने भ्रमणका लागि अमेरिका गएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु