इपीएसको नतिजा सार्बजनिक

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौं, २१ असोज । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए । सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् । पास हुनेमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् । इपीएस भाषा परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो । मंसिरको पहिलो हप्तापछि पास भएकाहरुको स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुने निर्देशक बास्तोलाले बताए । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि जान सुरु गर्नेछन् ।
इपीएसको नतिजा www.epsnepal.gov.np र www.hrd.or.kr मा हेर्न सकिने इपीएस कोरिया शाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार