इन्सेफलाइटिसले ज्यान लियो

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडौं, ३१ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्सव पोखरेलका अनुसार जापनिज इन्सेफलाइटिसका कारण मोरङमा थप तीनजनाको मृत्यु भएको छ ।उत्तरी मोरङको उर्लावारी–१ की ४४ वर्षीया कमला भण्डारी, उर्लावारी–३ का ४ वर्षीय उजिर धामी र ८६ वर्षीय दलबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
मोरङमा यो रोगले मर्नेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा तीन महिला छन् । बर्खायामको सुरुआतसँगै देखापरेको इन्सेफलाइटिसले लेटाङमा चार, उर्लावारी तीन र पथरीमा दुईजनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले इन्सेफलाइटिसबाट बच्न रोग प्रभावित क्षेत्रमा औषधि छर्कनुका साथै पोस्टर, पम्पप्लेट तथा माइकिङ गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गर्न थालेको छ ।

प्रतिक्रियाहरु