इन्धन किन्न ग्लोबल टेन्डर आहृवान

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाण्डौ,२१ असोज । सरकारले भारतीय आयल कर्पोरेसन आइओसीलाई दिदै आएको पेट्रोलियम पदार्थ निर्यात एकाधिकारलाई तोड्दै पेट्रोलियम पदार्थ आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ । नेपालमा जारी भएको संबिधान प्रति असन्तुष्टि जनाउदै असुरक्षाको कारण देखाएर भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण मुलु्कभर पेट्रोलियम पदार्थको चरम अभाब हुन थालेपछि सरकारले बैकल्पीक ब्यबस्था गर्न लागेको हो ।
आज सार्बजनिक सुचना जारी गरी नेपाल आयल निगमले तेल निर्यातकर्तालाई आहावान गर्ने निगमका प्रबक्ता दिपक बरालले जानकारी दिए । भारतले बिगत १५ दिन यता पेट्रोलियम पदार्थको आपुर्ति ठप्प पारेपछि आयल निगमले बैकल्पीक ब्यबस्था गर्न भारतमाथिको निरर्भरता तोड्न लागेको हो ।
२ पटक सम्म पनि आइओसीलाई पत्र पठाउदा कुनै सन्देश नआएको भन्दै निगमले ग्लोबल टेन्डर खोल्न लागेको हो । टेन्डर खोल्ने बिषयमा हिजो बाणिज्य तथा आपुर्ति मन्त्रालयसंग छलफल गरेको निगम स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु