इन्द्रजात्रा सुरु

२०७६ भाद्र २४ गते, मंगलवार

काठमाडौं , २४ भदौ । यस वर्षको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकामा मंगलबार बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो । केन्द्रीय मानन्धर संघले भक्तपुरको चित्तपोल वनबाट परम्परागत रुपमा पूजा गरी ल्याएको लिंगो ठड्याइएको हो । लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइएको छ । इन्द्रजात्रा शुरु भएको प्रतिकस्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्रलगायत अरु ठाउँमा सानो लिंगो ठड्याउने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार