इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना काठमाडाैँ आउँदै

२०७६ भाद्र २६ गते, बिहीबार

काठमाडाैँ, २६ भदाै । काठमाडौंमा महानगरपालिकाका आमन्त्रणमा भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने भएका छन । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक ६ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउदै छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको बताए । पाँच दिनसम्म बस्ने विदेशी पाहुनालाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना बनाइएको प्रमुख शाक्यले बताए । उनले महानगरपालिकाले यसका लागि गरिने खर्च पर्यटन प्रवर्द्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउने बताए । यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको प्रमुख शाक्यले बताए ।

प्रतिक्रियाहरु