इन्डोनेसियामा ६.४ रेक्टरको भूकम्प

२०७३ मंसिर २२ गते, बुधबार

काठमाडौं, २२ मंसिर । इन्डोनेसियामा शक्तिशाली भूकम्प आएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४ तीब्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । स्थानीय संचारमाध्यमले एकजनाको मृत्यु भएको जनाएका छन् । कयौं मानिस घरको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
स्थानीयहरु आफ्नो घर छाडेर खुला आकाशमुनी आश्रय लिएर बसिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु