इन्डोनेसियामा परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

२०७२ माघ ११ गते, सोमबार

काठमाडौ, ११ माघ । आजदेखि इन्डोनेसियाको बालीमा परिवार नियोजनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न एकसय ५० भन्दा बढी राष्ट्रका यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय प्रतिबद्धता, स्थानीयस्तरमा काम भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा परिवार नियोजनको साधनको बढ्दो प्रयोग र त्यसले विशेष गरी महिलाको स्वास्थ्यमा पार्ने असर, परिवार नियोजन नयाँ नयाँ साधन र त्यसबारेको जानकारी, पहुँच र उचित प्रयोग जस्ता विषयमा केन्द्रीत रहेर सम्मेलनमा छलफल हुनेछ ।
सम्मेलनबाट आएको निष्कर्षलाई ‘बाली प्रतिबद्धता’ का रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको त्यहाँको मिडिया सेन्टरले जानकारी दिएको छ । सम्मेलनको आयोजना संयुक्त राष्ट्रसंघीय निकाय यूएनएफपिएका साथै यूएसएड, मेरी स्टोप्स इन्टरनेशनललगायत यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको हो ।

प्रतिक्रियाहरु