इन्टरपाेल प्रमुख बेपत्ता !

२०७५ आश्विन २० गते, शनिबार

काठमाडौं , २० असोज । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपाेलका प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । उनी चिनिया नागरिक हुन् । फ्रान्सबाट चीनतर्फ गएकाे भनिएका मेङ १ हप्तादेखि सम्पर्कमा नअाएपछि उनकी पत्नीले खाेजी गरिदिन अाग्रह गरेकी छिन । यसबारे फ्रान्समा अनुसन्धान समेत सुरु गरिसकिएको बिबिसीले जनाएकाे छ । इन्टरपाेलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । तर उनी फ्रान्सबाटै बेपत्ता भएका हुन् कि हैनन् भन्नेमा विवाद देखिएकाे छ । फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई जनाए अनुसार मेङ होङ्वेई फ्रान्सबाट बेपत्ता नभएका दाबी गरिएकाे छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी समेत रहेका चौसट्ठी वर्षीय मेङ बेपत्ता भएको भन्दै उनकी पत्नीले प्रहरीसँग गुहार मागेपछि यस घटनाबारे अनुसन्धान थालिएको हो ।
यस कुराकाे पुष्टि इन्टरपाेलले समेत एउटा विज्ञप्तिमा निकालेर गरेकाे भन्ने समाचार संस्था रोएटर्सले जनाएको छ । राेयटर्सले भनेकाे छ- यो दुवै फ्रान्स र चीनका सम्बन्धित निकायको चासोको विषय हो । एक सय बयानब्बे सदस्य रहेको सो सङ्गठनको दैनिक सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षको नभएर महासचिवको भएको इन्टर्पोलले जनाएको छ । अध्यक्षका रूपमा मेङले कार्यकारी समितिको नेतृत्व गर्छन् । सो समितिले इन्टर्पोललाई परामर्श र निर्देशन दिन्छ । मेङको कार्यकाल सन् २०२० सम्म छ।

प्रतिक्रियाहरु