इन्टरनेट प्रयोगकर्ताको संख्या ४ अर्ब भन्दा बढी

२०७६ मंसिर १५ गते, आईतवार

काठमाडौँ, १५ मंसिर । प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । हालै सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्य ४ अर्ब बढी छ । जसमा आधाभन्दा बढी महिला पहुँच बाहिर रहेको देखाइएको छ । आधाभन्दा बढी महिलाहरुले इन्टरनेट प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । यसले डिजिटल टेक्नोलोजीहरुको शक्तिबाट अझै महिलाहरुले फाइदा लिनबाट बञ्चित रहेको देखाउँछ । हालै सार्वजनिक ‘मेजरिंग डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ नामक रिपोर्टकाअनुसार विश्वभरका करिब ५२ प्रतिशत महिलाहरुले इन्टनरेट प्रयोग नगर्ने गरेको देखिएको छ । तथ्यांकअनुसार यो संख्या पुरुषहरुमा भने ४२ प्रतिशत रहेको छ ।
अमेरिकामा बाहेक अन्य देशहरु तथा क्षेत्रहरुमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरुको संख्या महिलाको तुलनामा निकै बढी छ । अमेरिकामा भने बराबरीजसो रहेको जनाइएको छ । विश्वभरीका महिलाहरुमध्ये ४२ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका छन् भने पुरुषहरुमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले सार्वजनिक गरेको सो रिपोर्टमा डिजिटल जेण्डर ग्याप कमनवेल्थ र यूरोपेली मुलुकहरुमा कम हुँदै गएपनि अफ्रिका, अरब मुलुकहरु र एशिया प्यासिफिक क्षेत्रमा भने बढ्दै गएको छ । विशेषगरी अति कम विकसित मुलुकहरुमा यो भिन्नता अधिक रहेको छ । आईटियूको डाटाअनुसार ९७ प्रतिशत विश्व जनसंख्या हाल मोबाइल सेलुसर सिग्नलका साथमा रहेको र नेटवर्क पुगेको मध्ये ९३ प्रतिशत थ्रजी वा त्यो भन्दा माथिल्लो नेटवर्कको सम्पर्कमा रहेका छन् । अमेरिकी मुलुकहरु, युरोप र एशिया प्यासिफिक क्षेत्रमा ९५ प्रतिशत भन्दा बढि जनसंख्या थ्रीजी वा त्यो भन्दा माथिल्लो मोबाइल ब्रोडब्याण्ड नेटवर्कमा आबद्ध छन् । यस्तो संख्या अरब मुलुकहरुमा ९१ प्रतिशत छ भने कमनवेल्थ स्वतन्त्र राज्यहरुमा ८८ प्रतिशत र अफ्रिकी मुलुकहरुमा ७९ प्रतिशत रहेको छ ।
आईटियूकाअनुसार ८५ देशहरुको तथ्यांक हेर्दा, मोबाइल फोनमा स्वामित्वअन्तरगत ६१ प्रतिशत पुरुषहरुसँग महिलाको तुलनामा अधिक मोबाइल फोन छ भने बाँकी २४ मुलुकहरुमा मोबाइल फोन अधिकार हेर्दा पुरुषहरुको तुलनामा महिलामा बढी स्वामित्व रहेको छ । तर चिलिमा भने महिलासँग मोबाइल फोनको स्वामित्व केबल १२ प्रतिशत रहेको छ । विकसित मुलुकहरुमा भने इन्टरनेट प्रयोग चरम बिन्दुमा पुगेको छ, जसमा ८७ प्रतिशत मानिसहरु अनलाइनमा छन् । यूरोपमा ८२.५ प्रतिशतका साथ सबैभन्दा धेरै इन्टरनेट यूजर्स छन भने सबैभन्दा थोरै २८.२ प्रतिशत अफ्रिकी मुलुकमा देखिन्छ । सन् २०१९ को अन्त्यसम्ममा करिब ५७ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचमा हुने आईटियूको अनुमान छ ।

प्रतिक्रियाहरु