इन्टरनेटको मूल्य १३ प्रतिशतले बृद्धि

२०७६ श्रावण १ गते, बुधबार

काठमाडौं, १ साउन । सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले आजबाट इन्टरनेटको मूल्य वृद्धि गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णयअनुसार मुलुकभरका सेवा प्रदायकहरुले १३ प्रतिशत मूल्य वृद्धि गरेका हुन् । सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय आइस्पानले गरेको हो ।
संसद्ले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्था छ । यो वर्षको बजेटमा पनि सरकारले यही प्रावधानलाई अघि बढाएको छ । गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो । व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो । तर, सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्यवृद्धि गरेका हुन् ।

प्रतिक्रियाहरु