इञ्जिनियर ढुंगानालाई कालोमोसो र जुत्ताको माला

२०७४ आश्विन १ गते, आईतवार

काठमाण्डौ , १ असोज । नेपाल कम्युनिस्ट पार्टी चितवनले रत्ननगर नगरपालिका कार्यालयका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ ।
सेवाग्रहीसँग घुस खाएको र सुकुम्बासीलाई बसोबास गरिरहेको ठाउँबाट हटाएर विचल्ली बनाउन दलालसँग मिलेमतो गरेको आरोपमा मोसो दलेर कारवाही गरिएको जनाइएको छ । आज बिहान कार्यालय समयमै नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कायकक्षमै पुगेर कालोमोसो र जुत्ताको माला लगाएका थिए । ‘भ्रष्ट’ढुङ्गानालाई कार्वाही गर्नुका पछाडि ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ ।पर्चामा भनिएको छ, १. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. घरजग्गा र बाटोको सिफारिस गरे बापत सेवाग्राहीबाट कमिशन लिने गरेको, ३. नयाँ प्लटिङ्ममा बाटो सिफारिस गरेबापत कमिशन लिने गरेको, ४. घोल र ऐलानी जमिनलाई भू–माफियासँग मिलेर जग्गा दलालको नाममा नामसारी गरेको, ५. नहर र कुलोको जग्गालाई भू–माफियासँग मिलेर चक्लाबन्दी प्लटिङ् गर्न भूमिका निभाएको, यसबापत कमिशन लिने गरेको र ६. बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गरी भू–माफियासँग मिलेर सुकुम्बासी बस्तीलाई यो जग्गा छोड भनी आतंकित पारेको’ उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु