इच्छा विपरीत लोला हाने कारबाही

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । प्रहरीले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न अाग्रह गर्दै यदी त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो । होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार १०६ ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ । साथै २० वटा मोवाइल टोली खटाइएको छ । अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलार्इ नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार